• २०८१ असोज ७ गते सोमवार
  • Preeti To Unicode

वि.सं. २०७८ भाद्र १० गते बिहीवारकाे राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ भाद्र १० गते बिहीवार तदनुसार ई. सं. २०२१ अगस्ट २६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं.:११४१
(गुँलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३२ बजे र सूर्यास्त : साँझ ०६:२२ बजे, चन्द्रास्त : बिहान ०९:१३ बजे र चन्द्रोदय : बेलुका ०९:११ बजे, काठमाण्डौं

नेपालमा सूर्योदय : बिहान ०५:३९ बजे र सूर्यास्त : साँझ ०६:३१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४४ बजे र सूर्यास्त : साँझ ०६:३६ बजे, भाद्रपद कृष्णपक्षको चतुर्थी तिथि, साँझ ०५:२२ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, रेवती नक्षत्र, मध्यरात्रीपूर्व ११:४५ बजेसम्म, त्यसपछि अश्विनी नक्षत्र, चन्द्रमा मीन राशिमा, मध्यरात्रीपूर्व ११:४५ बजेसम्म, त्यसपछि मेष राशिमा, शूल योग, बिहान ०७:४३ बजेसम्म, त्यसपछि गण्ड योग,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक क्षेत्र र कार्यमा सफलताहरू मिल्नेछन् । आकस्मिक धनलाभ पनि होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कठोर परिश्रम गर्नुपर्ने समय छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । नाक तथा घाँटीमा समस्या आउन सक्छ र स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापारबाट पनि लाभ हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ ।आज दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) श्रमको उचित मूल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । सफल यात्रा पनि रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ योजना बन्नेछ । घुम्न जाने योजना पनि बन्न सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार