• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

पानीजहाज कम्पनी हावादारी योजना : माधव नेपाल


काठमाडौं । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधव कुमार नेपालले अहिले पानी जहाज कम्पनी खोल्न आवश्यक नभएको बताएका छन् । नयाँ दलले मान्यता
पाएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले विकास निर्माणबारे पार्टीको अवधारणा सार्वजनिक गरेका हुन् । ‘पानी जहाज कम्पनी खोल्न आवश्यक छैन,

मेची महाकाली रेल कुदाउने अवस्था पनि छैन,’ उनले भने, ‘सडक सञ्जाल विस्तारमा जोड दिन्छौं ।
थाक्नेहरू थाकिरहन्छन्, मेरो गुनासो छैन
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले क्रान्तिकारी पार्टी गठन गर्ने प्रयासबाट अन्तिममा छाड्नेहरूप्रति कुनै गुनासो नरहेको टिप्पणी गरेका छन् । नयाँ दल दर्तापछि पहिलो पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले अन्तिम समयमा आएर आफ्नो साथ छोड्नेहरूप्रति यस्तो टिप्पणी गरेका हुन् ।

‘क्रान्तिकारीहरु कहिल्यै थाक्दैनन्, तर थाक्नेहरू थाकिरहन्छन्, त्यस्ताहरुप्रति मेरो कुनै गुनासो छैन’ अध्यक्ष नेपालको भनाइ छ । गत चैत ४ र ५ गतेको भेलाले नै नयाँ क्रान्तिकारी पार्टी बनाउने अठोट गरेको र त्यसबेला धेरै साथीहरुले साथ दिएपनि पछि ओलीतिर लागेको भन्दै कसैले छोडे पनि आफु पछि नफर्कने बताए ।

पहिलो पत्रकार सम्मेलन, तस्बिरमा हेर्नुहोस्

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार