• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

मुख्यमन्त्री नियुक्ति हुदैं गर्दा भाइ रामप्रसाद मृत भेटिए पछि …..


विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका सचिव भीम आचार्यलाई बिहीबार दिनभर बधाई आइरह्यो । फूलगुच्छा, अबीर, माला र खादा
लिएर उनलाई बधाई दिन प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्रीको कार्यालयमा दिनभर नै लाइन लाग्यो । पटक पटकको प्रयासपछि मुख्यमन्त्री बन्न सफल भएका आचार्यको खुशी हुने

दिन थियो बिहीबार । तर मुख्यमन्त्री नियुक्त हुँदै गर्दा ५९ वर्षीय भाइ रामप्रसाद आचार्यको मुत्युको खबर आयो । मुख्यमन्त्री भएको खुशी मनाउन नपाउँदै उनी भ्रातृशोकमा परे ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार सुनसरीको इनरुवा नगरपालिका–३ स्थित घरमै रामप्रसाद आचार्य मृत भेटिएका थिए । उनको शव भेटिएको कोठामा विषको गन्ध आएको उनले बताए । पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल इनरुवामा पठाइएको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै सबै विषय खुल्ने उनले बताए ।

मुख्यमन्त्री नियुक्त भएकोमा बधाई ग्रहण गरेका आचार्य बिहीबार बेलुका भाइको अन्तिम संस्कारका लागि घर गए ।नेकपा एमाले विभाजन हुँदा माधवकुमार नेपालको साथ छाडेका आचार्य नयाँ दलले वैधानिकता पाएको २४ घण्टा बित्न नपाउँदै ओलीकै इच्छा अनुसार नै मुख्यमन्त्री नियुक्त भए ।

काठमाडौं बस्दै आएका आचार्य बिहीबार बिहान मात्रै विराटनगर आएका हुन् । विराटनगरको होटल एसियाटिकमा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री नियुक्तिका लागि सिफारिस गर्दैगर्दा आचार्यले भाइ रामप्रसाद मृत भेटिएको खबर पाएका थिए ।

भाइको मृत्युको खबरपछि पनि आचार्य घर जान पाएनन् । बिहीबार विहान मुख्यमन्त्री नियुक्त भएपछि लगत्तै शपथ ग्रहण गर्ने कार्यतालिका भएका कारण उनी प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।पदभार ग्रहण र पार्टीको नेता कार्यकर्ताको बधाई ग्रहणपछि उनी भाइको अन्तिम संस्कारका लागि इनरुवास्थित घर गएको आचार्यका स्वकीय सचिव अनिल राजधामीले बताए ।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार