• २०८१ असोज ७ गते सोमवार
  • Preeti To Unicode

वि.सं.२०७८ भाद्र १६ गते बुधवारकाे राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ भाद्र १६ गते बुधवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर ०१ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११४१,
(गुँलागा)इटहरी,सुनसरी,नेपालमा सूर्योदय : बिहान ०५:३५ बजे र सूर्यास्त : साँझ ०६:१५ बजे , चन्द्रास्त:दिउँसो ०१:२६ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०१:४० बजे,काठमाण्डौं,

नेपालमा सूर्योदय : बिहान ०५:४२ बजे र सूर्यास्त : साँझ ०६:२४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४७ बजे र सूर्यास्त : साँझ ०६:३० बजे,भाद्रपद कृष्णपक्षको दशमी तिथि, मध्यरात्रीपछि ०४:०४ बजेसम्म, त्यसपछि एकादशी तिथि, मृगशिरा नक्षत्र, दिउँसो ११:४६ बजेसम्म, त्यसपछि आर्द्रा नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त), वज्र योग, बिहान १०:०४ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा वणिज करण दिउँसो ०३:११ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण मध्यरात्रीपछि ०४:०४ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भाग्यले साथ दिए पनि मनमा उत्पन्न दुबिधा उत्पन्न हुन सक्छ । शेयर बजारम गरेको लगानीले राम्रो प्रतिफल दिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बौद्धिकताको विकास हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज घर परिवारसँग समय व्यतीत हुनेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । धार्मिक र सेवामूलक गतिविधिमा संलग्न हुनु पर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) हिँडडुल र यात्राबाट हानी हुनसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाको बिच खिन्नता बढ्नसक्छ छ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मान्यजन संग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । अर्थमूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दबाब र तनाव बढेको महसुस हुनेछ । शरीरमा आलस्य आउला । प्रेम सम्बन्धमा खिन्नता बढ्न सक्छ, तर घर जग्गाबाट भने लाभ मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मान प्रतिष्ठामा वृद्धि होला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ कार्यको योजना बन्ला । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग पनि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार