• २०८१ बैशाख ९ गते आइतवार
  • Preeti To Unicode

वि.सं. २०७८ भाद्र १७ गते बिहीवारकाे राशिफल,यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ भाद्र १७ गते बिहीवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर ०२ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन,वर्षा ऋतु, ने.सं. ११४१,
(गुँलागा)इटहरी,सुनसरी,नेपालमा सूर्योदय : बिहान ०५:३५ बजे र सूर्यास्त : साँझ ०६:१४ बजे, चन्द्रास्त : दिउँसो ०२:०८ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:२६ बजे,काठमाण्डौं,

नेपालमा सूर्योदय : बिहान ०५:४३ बजे र सूर्यास्त : साँझ ०६:२३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४७ बजे र सूर्यास्त : साँझ ०६:२९ बजे, भाद्रपद कृष्णपक्षको एकादशी तिथि, मध्यरात्रीपछि ०५:२९ बजेसम्म, त्यसपछि द्वादशी तिथि, आर्द्रा नक्षत्र, दिउँसो ०२:०२ बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त), सिद्धि योग, बिहान १०:२७ बजेसम्म, त्यसपछि व्यतिपात योग, सुरुमा बब करण दिउँसो ०४:४८ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको ह्रास हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू आजै पुरा हुन सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कुनै कुराले अनुहारमा चमकता आउनेछ । आम्दानी बढाउने योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । पुँजी बजारको लगानी कमजोर रहला । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । जटिल ठानिएको कामसमेत सहजै सम्पादन हुनसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शैक्षिक क्षेत्र कमजोर नै रहला । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । इच्छा शक्ति पनि बढेर जानेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार