• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

वि.सं. २०७८ भाद्र १८ गते शुक्रवारकाे राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ भाद्र १८ गते शुक्रवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर ०३ तारिख, राक्षस नामक संवत्सर, शाके : १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं.:११४१,
(गुँलागा),इटहरी,सुनसरी,नेपालमा सूर्योदय :बिहान ०५:३६ बजे र सूर्यास्त : साँझ ०६:१३ बजे, चन्द्रास्त : दिउँसो ०२:५० बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०३:१२ बजे,काठमाण्डौं

नेपालमा सूर्योदय : बिहान ०५:४३ बजे र सूर्यास्त : साँझ ०६:२२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४८ बजे र सूर्यास्त : साँझ ०६:२७ बजे, भाद्रपद कृष्णपक्षको द्वादशी तिथि, (अहोरात्र व्याप्त), पुनर्वसु नक्षत्र, दिउँसो ०३:५३ बजेसम्म, त्यसपछि पुष्य (तिष्य) नक्षत्र, चन्द्रमा मिथुन राशिमा, बिहान ०९:२९ बजेसम्म, त्यसपछि कर्कट राशिमा, व्यतिपात योग, बिहान १०:२९ बजेसम्म, त्यसपछि वरीयान् योग, सुरुमा कौलव करण साँझ ०६:०१ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्मकर्म, तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । शुभकार्यको योजना हुनेछ, तर साँझमा भने खर्च बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज जोशजाँगर र हिम्मत बढ्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मङ्गल कार्यको योजना बन्नेछ । कृषि कार्यमा सहभागी भइएला । नयाँ रोजगारको अवसरले पछ्याउनेछ । स्वादिष्ट खानेकुरा पनि मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दाम्पत्य जीवन सुखमय नै रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज चिताएको कामले तीव्रता लिनेछ । व्यापारव्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कार्यमा सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमा परि काम बिग्रिएला । सरकारी निकायको भय पनि रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । सफलता र उपहार पाइने सम्भावना पनि रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दूरदराजमा वा परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । रोकिएका व्यापार व्यवसाय विस्तारै सुचारु हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति नै हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार