• २०८१ कार्तिक २७ गते मङ्गलवार
  • Preeti To Unicode

यो सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार छैन : भीम रावल


नेकपाएमालेका उपाध्यक्ष भीम रावलले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएको बताएका छन्।गृहजिल्ला अछाम
का एमाले कार्यकर्ताहरुसँग शनिबार काठमाडौंमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।रावलले ५० दिनसम्म पनि सरकार विस्तार नगर्नु प्रधानमन्त्री

देउवाको अयोग्यताको सूचक रहेको पनि बताए। ‘५० दिनसम्म सरकार विस्तार नगर्ने यो अयोग्यता हो। यो कुनै स्वाधीन देशको सरकार हुनै सक्दैन’, उनले भने, ‘यो सरकारका गतिविधि स्वाभिमानी कुनै देशभक्त नागरिकलाई मान्य हुँदैन।’उनले नेपाली युवालाई तुइनबाट का’टेर महाकालीमा फ्याँकेको घटनामा भारतसँग सोधीखोजी गर्न नसक्ने यो सरकारले जनताको प्रतिनिधित्व नगर्ने पनि बताए।‘भारतीय सुरक्षाकर्मीको संलग्नतामा भएको नेपाली नागरिको हत्याबारे कुनै स्वाभिमानी देशको सरकारले त्यस्तो प्रतिवेदन ल्याउँछ?’, उनले भने, ‘भारतीय सुरक्षाकर्मीको उपस्थिति मात्रै भनेर के गर्न खोजेको सरकारले? यो सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार छैन।’

रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनामार्फत अमेरिकाले नेपाललाई उपनिवेश बनाउन खोजेको बताएका छन्। उनले नेपालको संविधानभन्दा माथि राखेर गरिएको एमसीसीको सम्झौता एकदमै घातक रहेको पनि बताएका छन्।

‘नेपाल अहिलेसम्म कसैको उपनिवेश बनेको छैन। बेलायतको समेत नेपाल उपनिवेश बनेको थिएन’, उनले भने, ‘तर नेपाललाई अमेरिकाले एमसीसीमार्फत उपनिवेश बनाउँछ।’

उनले हरेक नेपालीले एमसीसीका प्रावधान अध्ययन गर्नुपर्ने बताए। ‘एमसीसीका प्रावधान अध्ययन गर्नुस्’, त्यहाँका हरेक बुँदाले नेपालको स्वाभिमानमाथि प्रश्न उठाएका छन्’, उनले भने, ‘एमसीसी आएमा अमेरिकाले नेपाललाई उसको सैन्य अखडा बनाउँछ। त्यसैले यसलाई कुनै हालतमा पास हुन दिनु हुँदैन।

प्रकाशित मिति : २०७८ भाद्र १९ गते शनिवार