• २०८१ असोज २९ गते मङ्गलवार
  • Preeti To Unicode

भदौ २३ गते दिउँसो ४ बजे संसद् अधिवेशन आवहान : सभामुख सापकोटालाई महाभियोग लगाउने एमाले को तयारी


काठमाडौं । प्रमुख प्रतिपक्षि नेकपाएमाले ले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउने भएको छ । सरकारले संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष
सिफारिस गरेलगत्तै एमाले ले सो तयारी गरेको हो।‘अग्नि सापकोटाजीको नेतृत्वमा प्रतिनिधि सभा अगाडि बढ्न सक्दैन,कि उहाँले राजीनामा दिनुपर्छ,कि महाभियोग भोग्न तयार हुनुपर्छ

पुर्ब – प्रधानमन्त्री केपी शर्मा ओली निकट एक नेताले बताए । सभामुख सापकोटा पदीय मर्यादामा नबसेको, सक्रिय राजनीतिमा लागेको, पार्टीको गुटमा सक्रिय भएको, राजनीतिक दुराग्रह बोकेको लगायतका आरोप एमाले ले लगाएको छ । सभामुख पदमा बसेको व्यक्तिले सक्रिय राजनीतिमा लाग्न नपाइने नैतिक प्रबन्ध रहँदै आएको छ । यही कारण सभामुख बन्ने व्यक्तिले पार्टीबाट समेत राजीनामा दिने चलन छ । विगतका सभामुखहरुले पनि पार्टी राजनीतिमा नलागेको प्रत्याभूति दिन पार्टीबाट राजीनामा दिएका थिए ।

सभामुख सापकोटालाई धरानमा जग्गा घोटाला गरेको संगीन आरोप पनि लाग्दै आएको छ । त्यस बाहेक उहाँले सक्रिय राजनीतिमा लागेर नेकपालाई फोर्ने, प्रधानमन्त्रीलाई हटाउने, सरकार विरुद्ध षडयन्त्र गर्ने, सीमित नेताहरुको गोट्टी बन्ने गरेको आरोप लाग्दै आएको छ । पछिल्लो पटक नेकपा एमाले बिभाजन मा महत्वपूर्ण भूमिका खेलेको, एमाले ले कारबाही गरेका १४ संसद्को पद जोगाएको कारण उनि प्रचण्डको गोटी भएको एमाले ले आरोप लगाएको छ। यस अगिनै पुर्ब – प्रधानमन्त्री केपी शर्मा ओलीले ससर्वाजनिक रुपमै अग्निप्रसाद सापकोटालाई संसद चलाउनु छ छैन भन्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए। सोहि अभीव्यक्ति लाई लिएर गठबन्धनले आपत्ति जनाई सकेको छ।

ओली निकट एक सांसद्ले टिप्पणी गरे– ‘अग्नि सापकोटाजीलाई सभामुख भन्न नसुहाउने अवस्था आयो, अखिलको नेता जस्तो उहाँको गतिविधि छ ।’ ‘अग्निजीको अध्यक्षतामा बस्ने प्रतिनिधि सभा बैठकमा सहभागी हुनु भनेको लोकतन्त्रको खिल्ली उडाउनु जस्तो भयो, अग्निजीले प्रतिनिधि सभाको बेइज्जत गर्न खोज्नुभएको छ, सभामुखले पालना गर्नुपर्ने मर्यादा उहाँले अलिकति पनि पालना गर्नुभएन’– ती सांसद्को टिप्पणी छ ।

स्रोत अनुसार सभामुख सापकोटालाई महाभियोग लगाउने सम्बन्धमा एमाले उच्च तहमा व्यापक छलफल भइरहेको छ । ‘राजीनामा नदिएको अवस्थामा सभामुख सापकोटा विरुद्ध अविश्वासको प्रस्ताव आउने निश्चित जस्तै छ’– एमाले उच्च स्रोतको भनाई छ ।

प्रकाशित मिति : २०७८ भाद्र १९ गते शनिवार