• २०८१ असोज ७ गते सोमवार
  • Preeti To Unicode

वि.सं. २०७८ भाद्र २१ गते सोमवारकाे राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ भाद्र २१ गते सोमवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर ०६ तारिख, राक्षस नामक संवत्सर, शाके : १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११४१,
(गुँलागा),इटहरी,सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३७ बजे र सूर्यास्त : साँझ ०६:१० बजे,चन्द्रास्त : साँझ ०४:५९ बजे र चन्द्रोदय : भोलि बिहान ०५:३७ बजे,काठमाण्डौं

नेपालमा सूर्योदय : बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०६:१९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४९ बजे र सूर्यास्त : साँझ ०६:२४ बजे, भाद्रपद कृष्णपक्षको चतुर्दशी तिथि, बिहान ०७:०२ बजेसम्म, त्यसपछि अमावस्या तिथि, मघा नक्षत्र, साँझ ०६:३८ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), शिव योग, बिहान ०८:२८ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा शकुनि करण बिहान ०७:०२ बजेसम्म, त्यसपछि चतुष्पाद करण साँझ ०६:४३ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ जिम्मेवारी पाइने र शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शेयर बजारको लगानीले पछि फाइदा पुर्याउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण पनि बढ्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च पनि हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारको लगानीले फाइदा होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ, तर आफन्तको सहयोग मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार