• २०८१ कार्तिक १९ गते सोमवार
  • Preeti To Unicode

ओलीको प्रश्न रामकुमारीलाई बोल्न पाइन्छ कि पाइँदैन ?


काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको मौनताबारे प्रश्न उठाएका छन्।गृह मन्त्रालयले एमसीसीको
विरोध तथा भारतीय प्रधानमन्त्रीको पुत्ला दहनको विषयमा जारी गरेको वक्तव्यलाई लिएर ओलीले प्रश्न उठाएका हुन् ।रामकुमारीको नाम नलिई एमाले अध्यक्ष ओलीले भने,‘जो मन्त्री हुन

खुट्टा उचालेर बसेका छन्, तिनै मान्छेहरु हिजो ज्याकेट दर्शकतिर फुत्त फ्याँकेर, मास्क स्टाइलिस पाराले फुत्त खोलेर, आफैंले टाँसेको टेप फिल्मी स्टाइलमा निकालेर बोल्न पाइन्छ भन्थे । म अहिले सोध्न चाहन्छु तिनीहरु र तिनीहरुको सरकारलाई, बोल्न पाइन्छ कि पाइदैन नेपालमा ? देशबारे बोल्न पाइन्छ कि पाइँदैन ? राष्ट्रियताबारे बोल्न पाइन्छ कि पाइँदैन ?’राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर आफूलाई पक्राउ गर्ने तयारी गरेको थाहा पाएपछि गत माघ २८ गते साबिकको नेकपाले काठमाडौंमा गरेको विरोध सभामा नेतृ झाँक्री मुखमा कालो टेप लगाएर मञ्चमा पुगेकी थिइन् । मुखमा कालो टेप लगाएर मञ्चमा पुगेकी उनले टेप खोलेर बोल्न पाइन्छ भनेर प्रश्न गरेकी थिइन् ।त्यसको भोलिपल्ट उनीलाई पक्राउ समेत गरिएको थियो ।एमाले अध्यक्ष ओलीले भने आफू प्रधानमन्त्री हुँदा अधिनायकवाद भयो, बोल्न पाइन्छ भन्नेहरुको सरकारले बोलेमा कारबाही गर्छु भन्न थालेको बताए । तर हिजो बोल्न पाइन्छ भन्नेहरु अहिले चुइक्क नबोलेको भन्दै उनले प्रश्न उठाएका छन् ।

अग्नि सापकोटालाई ओलीको प्रश्न : तपाईं सभामुख कि गठबन्धनको प्यादा ?
प्रमुख विपक्षी नेकपा एमालेले पर्सिदेखि सुरु हुने प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटामाथि प्रश्न उठाउने भएको छ ।

सभामुख सापकोटा एमाले विभाजनको षड्यन्त्रमा समेल भएको भन्दै अध्यक्ष ओलीले उनले सभामुखको निष्पक्ष भूमिका निर्वाह गर्न नसक्ने बताए । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘पर्सि संसद सुरु हुँदैछ । हामी सोध्नै पर्नेहुन्छ, अग्निप्रसाद सापकोटा सभामुखको हो कि गठबन्धनको प्यादा ?’प्रमुख प्रतिपक्षी पार्टी फटाउने षड्यन्त्रमा सामेल भएको र उनले निष्पक्ष रुपमा सभामुखको भूमिका निर्वाह गर्न नसक्ने ओलीले बताए ।

सभामुखको कुर्सीमा बसेर सापकोटाले संसद पुनर्स्थापना अधिनायकवादको पराजय हो भनेको भन्दै ओलीले अघि भने, ‘कुनै महत्व थाहा छैन, त्यस्तो मान्छे सभामुखको कुर्सीमा विराजमान छ । कस्तो दुर्भाग्य यो देशको, लडेर वलिदान दिएर यत्रो सिस्टम ल्याइयो । त्यो सिस्टमको टुप्पा टुप्पामा हेर्नुस् त कस्ता मान्छे छन् ?’

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार