• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

वि.सं. २०७८ भाद्र २२ गते मङ्गलवारकाे राशिफल, आज कुशे औंसी यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ भाद्र २२ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर ०७ तारिख, राक्षस नामक संवत्सर, शाके :१९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११४१,
(गुँलागा),इटहरी,सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३७ बजे र सूर्यास्त:साँझ ०६:०९ बजे, चन्द्रास्त : साँझ ०५:४४ बजे र चन्द्रोदय : औंसी भएकाले रातभरि चन्द्रोदय हुँदैन

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०६:१८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५० बजे र सूर्यास्त : साँझ ०६:२३ बजे, भाद्रपद कृष्णपक्षको अमावस्या तिथि, बिहान ०६:२९ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, मध्यरात्रीपछि ०५:२७ बजेसम्म, अन्तिममा द्वितीया तिथि (तिथि टुटेको दिन), पूर्वाफाल्गुनी नक्षत्र, साँझ ०६:३५ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा, मध्यरात्रीपछि १२:३० बजेसम्म, त्यसपछि कन्या राशिमा, सिद्धि योग, बिहान ०६:५८ बजेसम्म, त्यसपछि साध्य योग मध्यरात्रीपछि ०५:०४ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग पनि मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार पनि सुन्न पाइएला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लामो यात्रा सुखद् र सफल हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिवारका सदस्यहरू सकारात्मक हुनेछन् । माया प्रेममा सामिप्यमा बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य बिस्तारै पुरा होला । आज मातापिता र वरिष्ठ व्यक्तित्वको आशीर्वाद मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले कार्य सम्पन्न हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । अधुरो काम बन्नेछ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । बोलीको भरमा कार्य सहजै सम्पादन हुनेछ । अर्थपूर्ण सुखद् यात्रा पनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । शेयर बजारमा पनि उतारचढाव आउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ भाद्र २२ गते मङ्गलवार