• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमालेले औकात अनुसारको काम गर्‍यो : रामकुमारी झाँक्री


काठमाडौं। नेकपा एकीकृत समाजवादीकी सांसद रामकुमारी झाँक्रीले प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो औकात अनुसारको व्यवहार बुधबारको संसदमा देखाएको
टिप्पणी गरेकी छन् ।प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले एमालेले बुधबार संसदमा देखाएको व्यवहार स्तरहीन भएको बताइन् ।एमालेले सांसद झाँक्रीसहित १४ जना

सांसदलाई गैरसांसदको संज्ञा दिएको छ । एमालेले ‘गैरसांसदलाई संसदमा राख्न पाइँदैन’ भन्दै संसदमा नारा नै लगाएको थियो ।यसप्रति टिप्पणी गर्दै सांसद झाँक्रीले भनिन्, ‘संसदका हत्यारा र त्यसका मतियारहरुले संसद बचाउनको लागि निरन्तर लड्नेहरुलाई यो आरोप लगाउनु आफैंमा हास्यास्पद छ । र, यो स्तरहीन प्रदर्शन, स्तरहीन चरित्रकामाथि खासै प्रतिक्रिया दिन मन छैन ।’‘तर, तपाईंहरुलाई ननिकालेकै कारण एमालेले बैठक अवरुद्ध गर्‍यो नि ?’ भन्ने पत्रकारहरुको प्रश्नमा उनले थपिन्, ‘उहाँहरुको औकात अनुसारको काम गर्नुभएको छ ।’दुईतिहाइ बहुमतको सरकारलाई बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्‍याएको उल्लेख गर्दै उनले भनिन्, ‘… उहाँहरुले आक्रोश पीडा, रिस, राग, बदला अझै केही दिन लिने नै हो । गैरराजनीतिक चरित्र प्रदर्शनले उहाँहरु नै नाङ्गिनुभएको छ ।’१४ जनालाई ननिकालेसम्म सदन चल्न एमालेले नदिने रे नि ? भन्ने प्रश्नमा सांसद झाँक्रीले केपी ओलीलाई लाग्यो त्यो नहुने बताइन् ।

‘खड्गप्रसाद ओलीलाई लाग्या त हामीलाई धर्तीमा बाँच्न नदिने गर्नुहुन्थ्यो होला, तर उहाँको चाहनाले सबै कुरा हुँदैन । सदन चल्छ, सरकारले बिजनेस दिन्छ । ओलीको चाहनाले हुन्थ्यो भने त हामीलाई उभिन पनि किन दिएको भन्नुहुन्थ्यो होला । उहाँको चाहनाले हुँदैन ।’

सभामुखले एमाले फुटाउन भूमिका खेलेकाले विरोध गर्नुपर्‍यो : योगेश भट्टराई

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेकाले आफ्नो पार्टीले संसदमा विरोध
गर्नुपरेको बताएका छन् ।संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दलले ह्वीप जारी गरेर निष्कासन गरेका आफ्ना दलका सांसदहरुलाई कारबाहीको सूचना जारी नगरेर

सभामुख सापकोटाले एमाले फुटाउन सघाएको आरोप लगाए ।‘सभामुखले निष्पक्ष खालको व्यवहार नगरेको हाम्रो टिप्पणी छ । एउटै केसका विभिन्न दलहरुलाई विभिन्न ढंगले ट्रिट गर्नु भएको छ । संसदीय व्यवस्थामा पार्टी नै प्रधान हुन्छ,’ उनले भने, ‘पार्टीका सांसदहरुलाई पार्टीको अनुशासन हुन्छ । त्यो अनुशासन उल्लंघन भयो भने कारबाहीको सूचना दिन्छ । त्यो सूचनालाई जारी गर्न सभामुखले निष्पक्ष भूमिका खेल्नु भएन ।

प्रकाशित मिति : २०७८ भाद्र २३ गते बुधवार