• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमाले अझै कडारुपमा प्रस्तुत हुने : के होला शुक्रबार ?


नेकपाएमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेपछि सभामुखले भदौ २५ गते शुक्रबारसम्मका लागि बैठक स्थगित गरेका छन्।पहिलो बैठकको सुरुमै एमाले सांसदले
अवरोध थालेपछि सभामुख सापकोटाले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सांसद खगराज अधिकारीसँग छलफल गरे पनि त्यसले सार्थकता

पाएन । बरु सो छलफलमा सांसद अधिकारीले सभामुखलाई उल्टै –याख–याख्ती पारेका थिए ।सभामुख सापकोटाले २ दिन पछाडि बैठकको मिति सारे पनि आफ्नो दलको निर्णय कार्यान्वयन नभएको भनेर क्रुद्ध भएको एमालेले पछाडि हट्ने संकेत गरेको छैन । प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सांसद अधिकारीले एमालेले कारवाही गरेका १४ जना सांसदलाई सांसदबाट नहटाएसम्म सदन अघि बढ्न नदिने बताए ।उनले भने, ‘संविधान, नियम कानून, लोकतान्त्रिक व्यवस्था, लोकतान्त्रिक गणतन्त्रमाथि मर्का पार्ने गरी निर्दलीय परिपाटीसँग जाने र कुनै दलको मुखपत्र सभामुख भइञ्जेलसम्म कुनै दलको निजी ब्यक्ति भइञ्जेलसम्म संसद चल्न सक्दैन ।’१४ जना ‘गैरसांसद’ लाई संसदमा राखुञ्जेलसम्म सदन चलाउन नदिने अधिकारीले बताए । उनले अगाडि भने, ‘गैर सांसदलाई संसद बैठकमा राख्न मिल्छ ? यस्तो पक्षपातपूर्ण व्यवहार गर्ने सभामुख खासमा सभामुखको भूमिका गर्न नालायक मान्छे हो ।’एमाले सांसद अधिकारीले शुक्रबारको संसद बैठक १५ मिनेट स्थगित गरेका बेला सभामुखलाई आफूले भेटेर तपाईले संसद चलाउन सक्नुहुन्न भनेर फर्किएको सुनाए । सभामुखले १४ जनालाई कारवाही नगरेससम्म संसद बैठक अगाडि नबढ्नेमा एमालेको अडान रहेको उनले बताए ।

अर्का सांसद योगेश भट्टराईले पनि सभामुख सापकोटाले निष्पक्ष व्यवहार देखाउनुपर्ने र हिजो गरेको गल्तीलाई सच्याउनुपर्ने उल्लेख गरे । उनले नसोचेका घटनाहरु संसदमा भइरहेको बताउँदै संसद विघटन गरेर दल फुटाउने अध्यादेश आउँछ भने संसदमा यस्ता अनपेच्छित घटनाहरु घटिरहने बताए ।पार्टीले कारवाही गरेका १४ जनाको निवेदन सभामुखले स्वीकार गर्नुपर्ने भट्टराईले बताए । सांसद भट्टराईले भने, ‘पार्टीले सभामुखलाई नोटिस दिएपछि त्यसलाई उहाँले कार्यान्वयन गर्नुपथ्र्यो । उहाँहरु सांसद हो कि हैन, सभामुखले भन्नुप–यो । कारवाही हुनुप–यो । सभामुखले त्यो नोटिस दिनुप–यो ।’अब संसदमा एमालेको भूमिका के हुन्छ भन्ने प्रश्नमा उनले यो सभामुखको भूमिकामा भर पर्ने बताए । सभामुखले जस्तो भूमिका खेल्दै जान्छन्, एमालेले त्यस्तै व्यवहार गर्ने एमाले नेता भट्टराईले बताए ।

प्रतिपक्षको गुनासो चाहिँ के हो ?
सभामुख सापकोटाले संविधानको धारा र प्रतिनिधिसभा नियमावलीका नियमहरु अध्ययन गर्न सुझाइरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एकालेको गुनासो चाहिँ सभामुख आफैंले संविधान, कानून, नियम र विधि मिचेको भन्ने छ । माधव नेपाल लगायतका १४ जना एमाले सांसदहरुलाई पार्टीले कारवाही गरेको पत्र संसद सचिवालयमा दर्ता गराइसकेपछि सभामुखले त्यसलाई रोकेर राख्न नमिल्ने र उनीहरु पदमुक्त भएको सूचना टाँस गर्नैपर्ने संवैधानिक व्यवस्थालाई सभामुखले उल्लंघन गरेको एमालेको आरोप छ ।

सभामुखले सापकोटाले १४ सांसदको कारवाहीसम्बन्धी एमालेको पत्रलाई गैरकानूनी हिसाबले मुल्तवीमा राखेको र त्यसैलाई आधार बनाएर निर्वाचन आयोगले माधव नेपालसहित १४ सांसदलाई मान्यता दिएको हुनाले यसको उचित जवाफ सभामुखले नदिएसम्म संसद चल्न नदिने एमालेको अडान छ ।संविधानको धारा ८९ ले ‘जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो, त्यस्तो दलले संघीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा सो व्यक्ति सांसद पदबाट मुक्त हुने स्पष्ट व्यवस्था गरेको छ । तर, सभामुखले संविधानको यो प्रावधानलाई उल्लंघन गरेर माधव नेपालहरुमाथिको कारवाहीको सूचना रोकेर राखेको भन्दै एमालेले आपत्ति जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार