• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमसीसी उपाध्यक्ष आज नेपाल आउँदै : काठमाडौंको सुरक्षा व्यवस्था कडा


काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदैछिन् ।एमसीसी परियोजना कार्यान्वयन भएका
देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी बिहीबार बिहान कतार हुँदै नेपाल आउन लागेकी हुन्।नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस

भइरहेको बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।चारदिने नेपाल बसाइँको क्रममा उपाध्यक्ष सुमारले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे विभिन्न पक्षहरुसँग कुराकानी गर्ने स्रोतले बताएको छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना नेपालमा राजनीतिक खिचातानीका कारण अझै अगाडि बढ्न सकेको छैन । हालै मात्र नेपाल स्पष्ट हुन खोजेका बुँदाहरुको जवाफ एमसीसीले पठाएको छ ।

काठमाडौंको सुरक्षा व्यवस्था कडा
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

एमसीसीको विरोधमा प्रदर्शन हुन सक्ने भन्दै काठमाडौंका प्रमुख चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा सशस्त्र प्रहरी गणको टोली परिचालित भएका छन् ।अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता एमसीसीको विरोधमा केही दिनयता काठमाडौं उपत्यकामा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ ।

बुधबारमात्रै काठमाडौंमा ६ सय सुरक्षाकर्मी परिचालित थिए भने एक दर्जन बढी प्रदर्शनकारी पक्राउ परेका थिए ।नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला एमसीसीकी उपाध्यक्ष फतिमा सुमार बिहीबार नेपाल भ्रमणमा आउँदैछिन् ।

प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार