• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

ओलीले के भने एमसीसी उपाध्यक्षलाई ? कोटेश्वरमा कालो झण्डा देखाउने १५ जना पक्राउ


काठमाडौँनेकपा एमालेकाअध्यक्ष केपी ओलीले एमसीसीबारे सरकार स्पष्ट धारणा आउनुपर्ने बताएकाछन्।नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमार सँगको
भेटमा ओलीले बिहीबार यस्तो बताएका हुन् ।ओलीले वर्तमान सरकार बहुमतमै रहेकाले एमसीसी अनुमोदन गर्ने वा नगर्ने बारे सरकार पहिले स्पष्ट हुनुपर्ने बताएका थिए।’विगतमा हामी

सरकारमा छँदा एमसीसी अनुमोदन गर्न इमान्दार प्रयास गरेकै हौँ । तत्कालीन सभामुखले संसदमा पेस नगरिदिँदा अघि बढ्न सकेन । अहिले हामी प्रतिपक्षमा छौँ । यसमा प्रतिपक्षीको प्रत्यक्ष भूमिका हुँदैन । सरकारले के कसरी अगाडि बढाउँछ त्यसमा भर पर्छ । अहिलेसम्म हामीसँग सल्लाह समेत गरेको छैन,’ एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले ओलीको भनाइ उद्धृत गर्दै अन्नपूर्णसँग भने। भट्टराईका अनुसार सरकारले यसबारे आफूहरुसँग परामर्श गर्नुपर्ने पनि ओलीको धारणा थियो ।

एमसीसी उपाध्यक्षलाई कोटेश्वरमा कालो झण्डा देखाउन खोज्ने १५ जना पक्राउ
एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित निवासमा
भेटेर फर्किने क्रममा फातिमाको टोलीलाई एमसीसीको विरोधमा रहेका समूहले कोटेश्वरमा कालोझण्डा देखाउने प्रयास गरेको थियो । सो क्रममा नेपाल कम्युनिस्ट पार्टीसहित विभिन्न

दल र संगठनमा आबद्ध १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ । यसैबीच पक्राउ परेकाहरुलाई रिहाइको माग गर्दै कोटेश्वरमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले प्रहरी प्रभाग घेराउ गर्दै पक्राउ परेकाहरुलाई तत्काल रिहाइको मागसहित एमसीसीको विरोधमा चर्को नाराबाजी गरेका थिए।

फातिमा नायब उपाध्यक्ष जोनाथन ब्रुुक्सलाई साथै लिएर उनी ओली निवास बालकोट पुगेकी थिइन् ।

प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार