• २०८१ मङ्सिर २६ गते बुधवार
  • Preeti To Unicode

वि.सं. २०७८ भाद्र २९ गते मङ्गलवारकाे राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ भाद्र २९ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर १४ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :–
११४१, (ञलाथ्व),इटहरी, सुनसरी, नेपालमा सूर्योदय: बिहान ०५:४० बजे र सूर्यास्त : साँझ ०६:०१ बजे, चन्द्रोदय : दिउँसो ११:५७ बजे र चन्द्रास्त : मध्यरात्रीपछि १२:०८ बजे,

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:४८ बजे र सूर्यास्त : साँझ ०६:०९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५३ बजे र सूर्यास्त : साँझ ०६:१४ बजे, भाद्रपद शुक्लपक्षको अष्टमी तिथि, दिउँसो ०२:४८ बजेसम्म, त्यसपछि नवमी तिथि, ज्येष्ठा नक्षत्र, बिहान ०९:४५ बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, बिहान ०९:४५ बजेसम्म, त्यसपछि धनु राशिमा, प्रीति योग, बिहान ०९:३३ बजेसम्म, त्यसपछि आयुष्मान् योग, सुरुमा बब करण दिउँसो ०२:४८ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला, तर साँझमा शुभ समाचार पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धर्म कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग समेत रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेममा मनमुटावका साथै मानसिक चिन्ता बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । उपहार र मान सम्मान पनि पाइन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वादिष्ट भोजन पाइनेछ । नयाँ कार्यको योजना बन्नेछ । वित्तिय संस्था बाट सहयोग पाइनेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आस मारेको काम बन्नेछ । अरुको मन जित्न सकिनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । बहुमूल्य वस्तु हात पर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार