• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

बुटवलमा एमाले रौनक : ओलीले सम्बोधन गर्ने सभामा जे देखियो ( तस्बिर सहित )


बुटवल : बुटवल एन्फा टेक्निकल सेन्टरको मैदान सजिसजाउ। पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएपछि तयारी र सुरक्षा
व्यवस्था बलियोसँग गरिएको। कार्यकर्ता भेलालाई सम्बोधन गर्ने अध्यक्ष ओली कार्यक्रमकै सबैभन्दा आकर्षक व्यक्ति। लुम्बिनी प्रदेश सभाले त यस कार्यक्रमलाई साथ दिँदै आजका लागि

डाकिएको प्रदेशसभा बैठक नै स्थगित गरेको थियो। त्यसैले एक हिसाबले भर्खरै फुटबाट गुज्रिएको नेकपा एमालेको शक्ति प्रदर्शन भन्दा कम थिएन कार्यक्रम।

भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी छन्। त्यसैले नेता कार्यकर्तासँगै गाडी पनि धेरै नै देखिए। नेता कार्यकर्ता ओसारिएको गाडीमा पार्टीका झन्डा फहरिरहेको थियो।

बिहान ११ बजे शुरु हुने कार्यतालिका रहे पनि ढिलो गरी सुरु भएको छ। यतिखेर नेताहरुको भाषण जारी छ। यहाँको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार