• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

संखुवासभा प्रकरणमा नयाँ तथ्य : थप प्रमाण भेटिए पछि लोकबहादुरका भाइ पनि पक्राउ


काठमाडौंसंखुवासभा सामूहिक ह’त्या प्रकरणमा थप एक जना पक्राउ परेका छन्।यसअघि मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुर कार्कीका
भाइ नरेशलाई पनि नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी प्रमुख अरुण विसीले बताए ।‘अनुसन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएपछि नियन्त्रणमा लिएकाहौं’ उनले भने,

‘थप अनुसन्धान इलाका प्रहरी कार्यालय, चैनपुरले गरिरहेको छ ।’बिसीका अनुसार सामूहिक हत्यामा ज्यान गुमाउने मध्ये एक जनाको मोबाइल लोकबहादुरको घरबाट बरामद भएको छ र नरेशले मोबाइल लुकाएको हुनसक्ने प्रहरीको आशंका छ ।लोकबहादुरले ६ जनाको हत्या गर्दा उनी पनि घटनास्थल आसपासमै रहेको हुनसक्ने प्रहरी अनुमान छ । घटनापछि उनले मोबाइल चोरेर लगेको हुनसक्ने प्रहरी स्रोत बताउँछ ।संखुवासभाको मादीमा २१ भदौमा ८४ वर्षीय पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव भेटिएको थियो ।अनुसन्धानका क्रममा छिमेकी लोकबहादुरले आफूलाई हेला गर्ने गरेका कारण चिर्पट प्रहार गरेर तेजबहादुरको हत्या गरेको खुलेको थियो । त्यसक्रममा घरका अन्य सदस्यले देखेपछि सबैलाई हत्या गरेको साबिती बयान लोकबहादुरले दिएको प्रहरीले जनाएको छ ।घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

संखुवासभा मादी नगरपालिका – १ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको ह’त्या प्रकरणमा प्रहरीले थप एक जना युवकलाई नियन्त्रणमा लिएको छ।घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले लोकबहादुर कार्कीका भाइलाई नियन्त्रणमा लिएको हो। लोकबहादुर यसअघि प्रहरीले अभियुक्त भनिएर सार्वजनिक गरिएका व्यक्ति हुन्।प्रहरीले शुक्रवार नियन्त्रणमा लिएका २५ वर्षीय लोकबहादुरलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको थियो। प्रहरीले आइतवारको पत्रकार सम्मेलनमा हत्यामा एक जनाको मात्र संलग्नता रहेको दाबीसमेत गरेको थियो।’अभियुक्तको भाइलाई केही सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिएका छौं,’ एक नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण बिसीले भने।

सोमवार बिहान करिब १० बजे प्रहरीले ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको हत्या गरिएको अवस्थामा श’व फेला पारेको थियो।घटनास्थलमा रञ्जनाले प्रयोग गर्दै आएको मोबाइल भने फेला परेको थिएन। त्यसपछि प्रहरीले हराएको मोबाइल खोजी गरिरहेको थियो। प्रहरीले नियन्त्रणमा लिएका लोकबहादुरका भाइ नरेशको साथमा हराएको मोबाइल फेला परेको प्रहरीको दाबी छ।’उसको घरबाट हराएको मोबाइल फेला परेको छ। त्यसैले सोधपुछ गरिरहेका हौं,’ डिआइजी बिसीले भने।

लोकबहादुर आफ्ना बाबु र भाइसँग बस्दै आएका थिए। उनकी आमाको केही महिना अगाडि लडेर मृत्यु भएको थियो। तर घटना भएको दिन उनका भाइ र बाबु चिया खाएर घाँस काट्न निस्किएको प्रहरीमा बयान दिएका थिए। त्यसैले उनको घटना संलग्नता कस्तो प्रकार को हो ? वा आशंका मात्र हो भन्ने खुलिसकेको छैन।अभियुक्त कार्कीले योजनाबद्ध रूपमा नभएर आवेगमा आएर तत्काल त्यस्तो घटना भएको प्रहरीको दाबी थियो। त्यस्तै अभियुक्तले घटना गराएको स्वीकार गरिसकेको प्रहरीले बताएको छ।

लोकबहादुरले दाउराको घारबाट चिर्पट निकालेर टाउकामा हानेर हत्या गरेको र त्यसपछि उनले हत्या गरिएको चिर्पट आगोमा डढाएको देखिएको बताए थिए।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सङ्घीय इकाई प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको अनुसन्धान टोलीले पाँच दिनको अनुसन्धान पछि २५ वर्षीय लोकबहादुर कार्कीलाई नियन्त्रणमा लिएको हो।

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार