• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आफ्नै घरमा आगो लगाएर खरानी घसेर हिँडेका माधव नेपाल के फेरि पार्टी फुटाउन आउने ? ओलीको प्रश्न शाक्यलाई


काठमाडौंनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधवकुमार नेपाल आवश्यक नभएको बताएका छन् । उनले पार्टीमा गुटबन्दीमात्र गरेको उनले बताए
।काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम मा उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव कुमार नेपाल लाई एमालेकै फर्किन आग्रह गरेकी थिइन् ।नेता नेपाल

आफूहरुको नेता भएको, एमाले बनाउन जीवन दिएको भन्दै उनले भनेकी थिइन्, ‘एक पटक मनमनमा समीक्षा गर्नुस्, फर्किएर आउनुस् । सुदृढ एमाले बनाउनका लागि तपाईको भूमिका आवश्यक छ ।’शाक्यभन्दा पछाडि सम्बोधन गरेका अध्यक्ष ओलीले माधव नेपालको पार्टीमा काम नभएको बताए ।उनले भने, ‘हुन त केही साथीहरु अहिले पनि भन्नुहुन्छ, माधव कमरेड आउनुस् तपाईंको आवश्यकता छ । फेरि फुटाउन उहाँको आवश्यकता छ यहाँ ? फेरि फुटाउने ? के गर्न आवश्यकता छ माधव कमरेडको म बुझ्दिनँ ।’माधव नेपालले पार्टीमा गुटबन्दी मात्र गरेको र साढे ३ वर्षमा सरकारको पक्षमा एक शब्द नबोलेको उनले बताए ।प्रतिक्रियावादीभन्दा चर्को बोलेको भन्दे ओलीले अघि भने, ‘जहिले पनि रोष्टममा उभिएपछि गीत गाउने ‘डुंगा डुब्न लाग्यो, लौन कोही बचाइ देऊ ।’ कम्युनिस्टको दुई तिहाईको सरकार छ, सातमध्ये ६ वटा प्रदेशमा सरकार छ । अनि डुंगा चाहिँ डुब्न लाग्यो र, कसको डुंगा डुब्न लाग्यो ?’

लामो समय माधव नेपाल समूहमा रहेको, तर नयाँ पार्टीमा नगएर एमालेमै बसेका नेताहरुतर्फ संकेत गर्दै ओलीले लामो समय सँगै काम गर्दा माया ममता हुने भएपनि त्यसलाई छाड्नुपर्ने बताए । ‘आज देशमा निकम्मा सरकार छ, माधव नेपालजीले एमालेमाथि हमला गरेर यो अवस्था ल्याएको,’ उनले भने ।उनले माधव नेपाल बाहेक अरुलाई पार्टीमा फर्किन आहृवान समेत गरेका छन् । एमाले अध्यक्ष ओलीले अघि भने, म माधव नेपाल,घरमा आगो लगाएर खरासी घसेर तीर्थयात्रामा हिँडेका मान्छेलाई म केही भन्दिनँ । माधव नेपालले झुक्याएका, भ्रममा पारेका नेता कार्यकर्ता पार्टीमा फर्किनुस् ।

माधव नेपाल खरानी घसेर हिँड्नुभयो : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेकाले उनका पछि नलाग्न र जीवन बर्बाद नपार्न आग्रह गरेका छन् । ‘माधव नेपालले अल्मल्याएका र भ्रममा परेका कार्यकर्ता फर्किनुस्’ ओलीले भने, ‘माधव नेपाल घरमा आगो लगाएर, खरानी धसेर त्रिपन्ताम् भनेर तीर्थ यात्रामा हिँडेका हुन् उनलाई म केही भन्दिन ।’उनले माधव नेपालले व्यक्तिगत, अहंकार, इर्ष्याबाट ग्रसित भएर दुनियाँको जिन्दगीसँग खेलवाड गरिरहेको आरोप पनि लगाए । ‘उहाँ पार्टी प्रमुख भइसक्नुभयो, प्रधानमन्त्री भइसक्नुभयो, अब जाने ठाउँ छैन’ ओलीको भनाई छ । त्यस्तै ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पछि लाग्नेहरूलाई प्रचण्डको घरेलु कार्यकर्ता नहुन आग्रह गरे ।‘प्रचण्डको घरेलु कार्यकर्ता र उनको सेवा गर्न होइन । गाईलाई घाँस हाले दुध दिन्छ, प्रचण्डलाई जति सेवा गरेपनि के दिन्छन् ?’ ओलीको प्रश्न छ । उनले प्रचण्डले यता पनि दिन्छु उता पनि दिन्छु भन्ने गरेपनि अहिलेसम्म २ वटा मन्त्रीभन्दा दिन नसकेको टिप्पणी गरे ।

जालझेल आवश्यक छैन, जेठ २ मा फर्किएर अगाडि बढौं : शाक्य
नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अन्तरपार्टी निर्देशनलाई अक्षरश: कार्यान्वयन गर्न आग्रह गरेकी छन् ।एमाले काठमाडौंले बिहीबार गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष शाक्यले भनिन्, ‘त्यसमा जालझेल आवश्यक छैन । २०७५ जेठ २ मा जो आउँछ, उसैलाई मानेर अगाडि बढौं ।’ विभाजनले कसैको हित नगर्ने भन्दै उनले सुदृढ एमाले बनाउन मन फराकिलो बनाउनुपर्ने बताइन् ।नेतृ शाक्यले अब प्यानलगत चुनाव गर्न नहुने पनि बताइन् । नवौं महाधिवेशनमा दुईवटा प्यानल बनाएर लडेको र एउटा जित्दा अर्कोले हारेपछि गुटबन्दी भएको शाक्यले बताइन् ।

पार्टीमा पछिल्लो समय विचारमा पनि विचलन आएको उनले बताइन् । ‘खासगरी नवौं महाधिवेशनपछि व्यवस्थित वैचारिक प्रशिक्षण गर्न सकेनौं । जब प्रशिक्षण र वैचारिक छलफलको अभाव भयो, कमिटी अराजकतातिर गयो । विचार शून्य भएपछि हामी गुटबन्दीको शिकार भयौं,’ शाक्यले भनिन्, ‘अब लुकाएर हुँदैन, हामीले यसको निर्मम समीक्षा गर्नैपर्छ । त्यो आँट नेतृत्व तहले गर्नैपर्छ ।’जनताले झण्डै दुई तिहाईको बहुमत दिएको र केन्द्र, प्रदेश र स्थानीय तहमा पार्टीको बलियो उपस्थिति भएपनि पार्टीले जनमतको सम्मान गर्न नसकेको उनले बताइन् । शाक्यले अघि भनिन्, ‘फेरि पनि चुनावमा जानुपर्छ, हामी फुट्नु हुँदैन, हामी एकढिक्का हुनुपर्छ मनमा राखेनौं । पछि जेजे पर्छ,पर्छ भन्ने ढंगले सोच्यौं ।’

अब स्थानीय तहको निर्वाचनमा जाँदा जनतालाई के भन्ने भनेर नेतृत्वले सोच्नपर्ने उनले बताइन् ।सम्बोधनका क्रममा शाक्यले २०७७ फागुन २३ को फैसलापछि एमाले बन्न नपाउँदा निकै पीडा भएको सुनाइन् ।उनले अघि भनिन्, ‘कतिपय रात त सुत्न सकिनँ ।’ २०७८ जेठ १ मा १० नेता संलग्न कार्यदल बनेको र त्यसले १० बुँदे सहमति गरेपछि सबै पीडा बिर्सिएको उनले बताइन् । शाक्यले भनिन्, ‘बल्ल आफ्नै घरभित्र पस्न पायौं भनेर खुसी भएँ, सम्पूर्ण पीडा बिर्सिएँ ।

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार