• २०८१ असोज ७ गते सोमवार
  • Preeti To Unicode

वि.सं. २०७८ आश्विन ०१ गते शुक्रवारकाे राशिफल, जय श्री पाथिभरा माता, यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ आश्विन ०१ गते शुक्रवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर १७ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं.:–
११४१,(ञलाथ्व),इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४२ बजे र सूर्यास्त : साँझ ०५:५७ बजे, चन्द्रोदय : दिउँसो ०२:३९ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०३:०० बजे,

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:५० बजे र सूर्यास्त : साँझ ०६:०६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५५ बजे र सूर्यास्त : साँझ ०६:११ बजे, भाद्रपद शुक्लपक्षको एकादशी तिथि, बिहान ०८:२६ बजेसम्म, त्यसपछि द्वादशी तिथि,श्रवण नक्षत्र, मध्यरात्रीपछि ०४:४४ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), अतिगण्ड योग, बेलुका १०:३२ बजेसम्म, त्यसपछि सुकर्मा योग, सुरुमा विष्टि (भद्रा) करण बिहान ०८:२६ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा छटपटी बढ्नाले मन कमजोर रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । नयाँ र मङ्गल कार्यको योग छ । चिन्ता छाडेर चिन्तन गर्दा राम्रो हुन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आर्थिक कारोबारमा विवाद आउनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला । पारिवारिक झैझमेला आउला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्वादिष्ट भोजन पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने र कुटुम्बको सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आँटेको र ताकेको कार्य पुरा होला । मनोरञ्जनको क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइने र व्यापारमा पनि सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दिनको उत्तरार्ध सुखद् रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । चुनौतीको सामना गर्नुपर्ला । बढी मेहनत गरे बढी फाइदा पनि लिन सकिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार