• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

संखुवासभा प्रकरण : लोकबहादुरका भाइ नरेश प्रत्यक्षदर्शी रहेको खुलासा


संखुवासभाकोमादी नगरपालिका१ स्थित उम्लिङमा ६ जनाको सा’मूहिक ह’त्या भएको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ।अनुसन्धानमा संलग्न प्रहरीले यसअघि
पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई जिल्ला सदरमुकाममा ल्याएका छन् । लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागि सदरमुकाम खाँदबारी ल्याएको प्रदेश–१

प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले बताए । ह’त्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् । मोबाइल बरामद गरेपछि प्रहरीले नरेशलाई बिहीबारदेखि नै नियन्त्रणमा राखेर सोधपुछ गरिररहेको छ । ‘ह’त्यापछि रञ्जनाको मोबाइल नरेशले कसरी पाए भन्नेबारे अनुसन्धान गर्दैछौं’ अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘लोकबहादुरले घरमा लगेर लुकाएको र नरेशले भेटेर चलाएको वा नरेश आफैंले लगे भन्ने खुल्न बाँकी छ ।
भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की,आमा पार्वती कार्की,श्रीमती कमला,बुहारी ३२ वर्षीया रञ्जना कार्की,८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको ह’त्या भएको थियो ।हत्यापछि सङ्खुवासभा पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर,सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी सहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए ।तेजबहादुर र परिवारका अन्य ५ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए ।

सुनको भाउ १४ सय रुपैयाँले घट्यो, चाँदीको कति ?
आज असोज १ गते नेपाली बजारमा सुनचाँदी दुवै मूल्यमा तीब्र गिरावट आएको छ । महिनाको पहिलो कारोबारको दिन समेत रहेको शुक्रबार सुनको मूल्यमा अधिकतम एक हजार ४०० रुपैयाँले गिरावट आउँदै ८९ हजार १०० रुपैयाँ कायम भएको हो ।

यस्तै, यता चाँदीको मूल्य समेत आज तोलामा ३० रुपैयाँले सस्तिँदै एक हजार १७० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जबकी गत बिहीबार बजारमा सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा १४ सय रुपैयाँले नै सस्तिँदै ८८ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार