• २०८१ भाद्र २३ गते आइतवार
  • Preeti To Unicode

वि.सं. २०७८ आश्विन ०३ गते आइतवारकाे राशिफल, जय श्री पाथिभरा माता, यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं.२०७८ आश्विन ०३ गतेआइतवार तदनुसार ई.सं.२०२१ सेप्टेम्बर १९ तारिख, राक्षस नामक संवत्सर, शाके :१९४३, सूर्य दक्षिणायन, शरद्ऋ तु,ने.सं.:११४१,
(ञलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५० बजे र सूर्यास्त : साँझ ०६:०३ बजे, चन्द्रोदय : दिउँसो ०४:३० बजे र चन्द्रास्त : भोलि बिहान ०४:५९ बजे, इटहरी,

सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४३ बजे र सूर्यास्त : साँझ ०५:५५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५५ बजे र सूर्यास्त : साँझ ०६:०८ बजे, भाद्रपद शुक्लपक्षको चतुर्दशी तिथि, मध्यरात्रीपछि ०५:०४ बजेसम्म, त्यसपछि पूर्णिमा तिथि, शतभिषा नक्षत्र, मध्यरात्रीपछि ०४:१५ बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), धृति योग, साँझ ०६:३५ बजेसम्म, त्यसपछि शूल योग, सुरुमा गर करण साँझ ०५:२२ बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपछि ०५:०४ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक कार्यमा सहभागी भइनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला, साहित्यमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ कार्यको सुरुवात गर्न सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । कहीँकतैबाट कुनै उपहार पनि प्राप्त होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भाग्यले विभिन्न अवसर जुराउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । घरमा अतिथिको आगमन हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम बिग्रिनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार