• २०८१ असोज ७ गते सोमवार
  • Preeti To Unicode

वि.सं. २०७८ आश्विन ०४ गते सोमवारकाे राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ आश्विन ०४ गते सोमवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर २० तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं.:–
११४१, ( ञलाथ्व ), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५१ बजे र सूर्यास्त : साँझ ०६:०२ बजे, चन्द्रोदय : साँझ ०५:१९ बजे र चन्द्रास्त : पूर्णिमा भएकाले रातभरि जून

लागिरहने छ, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४३ बजे र सूर्यास्त : साँझ ०५:५४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५६ बजे र सूर्यास्त : साँझ ०६:०७ बजे,भाद्रपद शुक्लपक्षको पूर्णिमा तिथि, मध्यरात्रीपछि ०४:५१ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, पूर्वाभाद्रा नक्षत्र, मध्यरात्रीपछि ०४:४१ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा, बेलुका १०:३४ बजेसम्म, त्यसपछि मीन राशिमा, शूल योग, साँझ ०५:१० बजेसम्म, त्यसपछि गण्ड योग, सुरुमा विष्टि (भद्रा) करण साँझ ०४:५६ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केही धन खर्च बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) इष्टमित्र एवं साथीभाइहरूसँग भेटघाट हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आस्थामा पनि वृद्धि होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कहीँकतैबाट कुनै उपहार प्राप्त होला । नयाँ कार्यको सुरुवात गर्न सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आकस्मिक धन लाभ हुने र मनमा शान्ति छाउनेछ । मनोरञ्जनमा सहभागिता भइएला । नयाँ कार्यको प्रारम्भ गर्न सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ र शुभ समाचार सुन्न पाइएला । प्यारो साथी सँग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सम्पत्ति हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । प्यारो साथी सँग भेट होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वा नजिकैको मित्रबाट साथ र सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मानसिक चिन्ता बढ्नेछ । दाम्पत्य जीवनमा मतभेद भएपनि माया एवं समझदारीको भने कायम रहनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार