• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

रहस्यमय बन्दै सङ्खुवासभा काण्ड : थप चार जना प्रहरीकाे नियन्त्रणमा


सङ्खुवासभा /सङ्खुवासभाकाे मादी नगरपालिकामा भएको ह’त्या काण्डमा थप चार जना माथि अनुसन्धान सुरु गरिएकाे छ । केहि थप तथ्य फेला परेकाले उनीहरू
माथि अनुसन्धान थालिएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले बताएकाे छ।चार जनालाइ प्रहरीले अनुसन्धानकालागि नियन्त्रणमा लिएर प्रहरी कार्यालय लगेकाे छ । स्थानिय चार जनाले

संकास्पद गतिविधि गरेकाे र अनुसन्धानका क्रममा थप तथ्यहरू फेला परेकाले नियन्त्रणमा लिइएकाे बताइएकाे छ । अनुसन्धान कै क्रममा रहेको भन्दै चार जनाको परिचय प्रहरीले खुलाएको छैन ।एकै परिवारका छ जनाको हत्यामा संलग्न छिमेकी लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ । लोकबहादुरका भाइ नरेशलाई समेत प्रहरी नियन्त्रणमा लिईसकेको छ । ह’त्यामा संलग्न लोकबहादुर र उनका भाइ नरेश बाहेक अन्य चार जना माथि प्रहरीले अनुसन्धान थालेको हो । नरेशको बयानको आधारमा अन्य चारजना माथि प्रहरीले अध्ययन सुरु गरेको हो ।घटनाको अनुसन्धानका लागि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो डीएसपी रुगमबहादुर कुँवर, सङ्खुवासभा प्रहरी प्रमुख डिएस्पी लालध्वज सुवेदी नेतृत्वको टोलीले अनुसन्धान गरेको थियो । अहिले थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको टोली घटना स्थलमै खटिएका छन् ।

र यो पनि
प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी
सरकारले प्रतिनिधिसभाबाट सोमबार विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ । सोही अनुसार संसद सचिवालयले तयारी गरेको छ ।संसद सचिवालयका महासचिव भरतराज गौतमले विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने र मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ दिने समय सभामुखले तोक्ने जानकारी सांसदहरुलाई गराएका छन् ।संसद सचिवालयका अनुसार प्रतिनिधिसभामा शुरुमा विनियोजन विधेयकको मन्त्रालयत शीर्षकमाथि छलफल हुन्छ र सांसदहरुले उठाएको प्रश्नको जवाफ अर्थमन्त्रीले दिनेछन् । त्यसपछि सांसदहरुले हालेका संशोधनमाथि छलफल हुन्छ र उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्रीले दिनेछन् ।

त्यसपछि संशोधन प्रस्ताव स्वीकृत र अस्वीकृतको चरणमा जान्छ । सरकारको बहुमत भएकाले संशोधन प्रस्ताव अस्वीकृत हुने देखिन्छ । त्यसपछि अर्थमन्त्रीले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । अर्थमन्त्रीको प्रस्तावउपर दफा दफा पास गरेर विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ ।विनियोजन विधेयक पारित भएपछि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गरेर सांसदहरुलाई संशोधनका लागि समय दिने गरी तयारी छ ।

एमालेको नाराबाजीले असर गर्दैन : सत्ता गठबन्धन
२३ भदौमा सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । उसले भोलिको बैठकमा पनि नाराबाजीलाई निरन्तरता दिने बताएको छ ।तर, सत्ता गठबन्धन एमालेको नाराबाजीले कुनै असर नगर्ने बताएको छ । ‘सदन खुलाउने हाम्रो प्रयास जारी छ । एमालेले सहयोग गर्छ र अनावश्यक विषय उठाउन छोड्छ भन्ने विश्वास छ’ माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने, ‘सहमति भएन र नाराबाजी जारी नै राख्यो भने पनि बजेटलाई रोक्ने छुट सरकारलाई छैन ।’कांग्रेसकी सचेतक पुष्पा भुसाल पनि संसदको कार्यसूची नरोकिने बताउँछिन् । ‘मुलुक बजेट होलिडेमा छ । सदनमा नाराबाजी हुन्छ भने यसलाई के भन्ने ? सरकारको इमानदार प्रयास कार्यसूची अनुसार सदन चलोस भन्ने हुन्छ’ उनले भनिन् ।

१०/१२ गते भित्र बजेट होलिडे तोड्ने प्रयास
बजेटको प्रतिस्थापन विधेयक यही असोज १२ गतेभित्र पारित गरेर बजेट होलिडे अन्त्य गर्ने सरकारको प्रयास छ ।प्रतिनिधिसभाले भोलि ४ गते विनियोजन विधेयक गरेमा मंगलबार बोलाइएको राष्ट्रियसभा बैठकमा विचार गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ । त्यसपछि सांसदहरुलाई संशोधनका लागि ७२ घण्टाको समय दिइनेछ ।

असोज ९ गते शनिबार परेको छ । त्यसकारण १० गते राष्ट्रिय सभाले विनियोजन विधेयक पारित गर्ने र ११ गते प्रतिनिधिसभाले त्यसलाई स्वीकार गर्ने र बजेट होलिडेको अन्त्य गर्ने सरकारको तयारी छ ।११ गतेभित्र बजेटको प्रतिस्थापन विधेयकको विनियोजन विधेयक दुबै हाउसबाट पारित भएको अवस्थामा बजेट खर्च गर्न सरकारलाई बाटो खुल्छ । बजेट होलिडेको अन्त्य हुन्छ भन्ने मेरो बुझाई छ’ राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलको नेता राधेश्याम अधिकारीले भने ।

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार