• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

सङ्खुवासभा काण्ड ‘मानसिक रोगी’लाई देखाएर आफू उम्कने प्रपञ्च ‘लोके’ले पोल खोलेपछि भयो ‘मास्टर प्लान’को खुलासा


सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भएको सामूहिक ह’त्या’काण्ड मा मानसिक रोगीलाई देखेर अन्यले उम्किने प्रयास गरेको खुलासा भएको छ।सोमबार
सङ्खुवासभा प्रहरीले घटनामा ५ जनाको संलग्नता रहेको भन्दै सार्वजनिक गरेपछि घटनामा नयाँ ट्वीष्ट आएको हो । प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार यसअघि पक्राउ परेका

आरोपी लोकबहादुर कार्कीका काका खड्गबहादुर कार्की रहेको खुल्न आएको छ । खड्गकै योजनामा खड्गबहादुरका छोरा हस्तबहादुर, लोकबहादुर, लोकबहादुरका बुवा रणबहादुर र लोकबहादुरका भाइ नरेश कार्कीले हत्या गरेको खुलासा भएको हो । ​आरोपीहरू पाँचै जनालाई तेजबहादुरले हेप्ने गरेको, गाली गर्ने गरेको र तेजबहादुरको घरमा सम्पत्ति रहेको थाहा पाएसँग हत्या गरी लुटपाट गर्नेसम्मको योजना रहेको पाइएको छ । प्रहरीका अनुसार आरोपीहरू मध्ये खड्गबहादुर नियमित रूपमा मदिरा पिउने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गाली गलौज गर्ने र तेजबहादुरले ‘तँ जँड्याहा किन यसो गर्छस्’ भनी गाली गर्ने र खड्गबहादुरले पनि ‘तँलाई के मतलब तलाईं मार्छु’

संखुवासभा सामूहिक ह’त्या प्रकरणमा संलग्न भएको भन्दै प्रहरीले सोमबार चार जनालाई सार्वजनिक गरेको छ ।

भन्दै झगडा गर्ने गरेको पाइएको छ । त्यसै गरी लोकबहादुरलाई ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने गरेकाले लोक बहादुरले इख लिई बसेको पाइएको छ । त्यसै गरी नरेशलाई ‘तँ डुँडे काम नलाग्ने भइस्’ भन्ने र रण बहादुरलाई समेत ‘तँ लठेब्रो केही गर्ने सक्दैनस्’ भन्ने गरेको, जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फुर्ती दिने गरेको भनी मनमा ईख पालेको र घटनाको दिन आरोपीहरू समेत मृतकको खेतमा खेताला जानु पर्ने कारण सोही मौका छोपी योजना बनाई हत्या गरेको पाइएको छ ।

हत्यामा पाँच जनाको संलग्नता रहेको भए पनि कुनै कारणवश प्रहरीले पत्ता लगाएमा जसलाई पत्ता लगाउँछ उसैले मात्रै जिम्मा लिने योजना बनाएको पाइएको छ । घटनाका बारेमा अन्य कसैले केही नभन्ने र लोक बहादुरले डिप्रेसनको औषधि खाइरहेको कारण उसैले जिम्मा लिने योजना बनाएको पाइएको छ । लोक बहादुर मानसिक रोगी रहेको भन्दै उनलाई धेरै कारबाही नहुने भन्दै लोकबहादुरले घटनाको जिम्मा लिएका थिए र सुरुमा घटनामा आफ्नो मात्रै संलग्नता रहेको बताएका थिए ।

तर लोकबहादुरमा भाइ नरेश कार्कीले घटनापश्चात् हराइरहेको रञ्जनाको ओप्पो कम्पनीको मोबाइल चलाएपछि घटनामा नयाँ ट्वीष्ट आएको थियो । भदौ २९ गते घरमुनिको ओडारमा लुकाएको मोबाइल नरेशले चलाएपछि प्रहरीले नरेशलाई पक्राउ गरेको थियो । तर पक्राउपछि नरेशले घरमै पाएकाले चलाएको बयान दिए पनि प्रहरीले थप केरकार गर्दा आरोपी लोकबहादुरले घटनामा ५ जनाको संलग्नता रहेको बयान दिएका थिए । लोकबहादुरको बयानलगत्तै प्रहरीले लोकबहादुरका बुवा, भाइ, काका र काकाका छोरालाई पनि पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार