• २०८१ कार्तिक १४ गते बुधवार
  • Preeti To Unicode

संखुवासभा प्रकरण : जसको घरमा एकसाता सम्म बसेर प्रहरीले अनुसन्धान गर्‍यो, उनै योजनाकार रहेछन्


विराटनगरसंखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्या अनुसन्धानका लागि पुगेको प्रहरी टोली घटनास्थल नजिकै
खड्ग बहादुर कार्की को घरमा बस्यो । एकसातासम्म उनको घरमा बसेर अनुसन्धान गरेको प्रहरीले तेजबहादुरका भतिज लोकबहादुरलाई पक्राउ गर्‍यो र २७ भदौमा पत्रकार

सम्मेलन गरी उनले नै ६ जनाको हत्या गरेको बतायो । हत्या अनुसन्धानका लागि २३ भदौमा घटनास्थल पुगेका प्रदेश १ का डीआईजी अरुणकुमार बीसी २७ भदौ बेलुका मात्रै विराटनगर फर्किएका थिए ।तर सोमबार घटनामा नयाँ ट्वीस्ट आयो । संखुवासभा प्रहरीले हत्यामा संलग्न थप चार जनालाई सार्वजनिक गर्‍यो । हत्याका योजनाकार खड्गबहादुर कार्की भएको बतायो । कार्की तिनै हुन्, जसको घरमा बसेर प्रहरीको टोलीले ६ जनाको हत्याबारे अनुसन्धान गरेको थियो ।मृतक रञ्जनाको मोबाइल लोकबहादुरका भाइ नरेशले लुकाएको भेटिएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।त्यसक्रममा लोकबहादुर, उनका भाइ नरेश, बुबा रणबहादुरका साथै छिमेकी खड्गबहादुर कार्की र उनका छोरा हस्तबहादुर मिलेर ६ जनाको हत्या गरेको प्रहरीको दाबी छ ।

संखुवासभा सामूहिक ह’त्या प्रकरणमा संलग्न भएको भन्दै प्रहरीले सोमबार चार जनालाई सार्वजनिक गरेको छ ।

डीआईजी बीसीका अनुसार खड्गबहादुरको परिवारलाई छिमेकीकहाँ पठाएर प्रहरी टोली उनको घरमा बसेको थियो । खड्गबहादुर र मृतक तेजबहादुर कार्कीको घर करिब २५० मिटरको दूरीमा छ । प्रहरीका अनुसार अनुसन्धानका लागि घर उपलब्ध गराउन आग्रह गर्दा उनले सहजै स्वीकार गरेका थिए ।गाउँले र सञ्चारकर्मीको भिडभाडका कारण घटनाबारे राति मात्रै सोधपुछ हुन्थ्यो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीका अनुसार उनले घटनाबारे केही थाहा छैन भनेका थिए ।

घटनाको अनुसन्धानका लागि खड्गबहादुर कार्कीको घरमा पुगेको प्रहरी टोली

बाहिरबाट मानिसहरु नआएको र चोरी गर्ने उद्देश्यका साथ घटना नघटाएको देखिएपछि प्रहरीले गाउँलेबाटै हत्या भएको आशंकामा अनुसन्धान गर्दा लोकबहादुर शंकाको घेरामा परेका थिए । तर खड्गबहादुर र अरु परेनन् ।तर रञ्जनाको मोबाइल लोकबहादुरका भाइ नरेशले लुकाएका भेटिएपछि अरु पनि अनुसन्धानमा तानिए । लोकबहादुरको बयानले पनि खड्गबहादुरसम्म पुग्न सहज भएको अनुसन्धानमा खटिएका अधिकृतहरु बताउँछन् ।अनुसन्धानका लागि प्रहरीले खड्गबहादुरका दुई छोरा र श्रीमतीलाई पनि नियन्त्रणमा लिएको थियो । तर उनीहरुको संलग्नता नदेखिएको जनाएको छ ।

स्थानीय ९० वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीय पार्वती, उनका छोरा ५२ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, तेजबहादुरका नाति वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको २१ भदौमा हत्या भएको थियो । खड्गबहादुरसहित ५ जनाले योजनाबद्ध रुपमा चिर्पट र छुरा प्रहार गरी हत्या गरेको पाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार