• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

एमालेका नेता कार्यकर्ताले पालना गर्नुपर्ने १५ महत्वपूर्ण नियम यस्ता छन्


नेकपा एमालेका नेता कार्यकर्ताले विभिन्न १५ वटा आचरणको पालना गर्नुपर्ने विधानमा स्पष्ट व्यवस्था गरिएको छ।पार्टीको स्थायी समितिमा पेश भइ नेताहरुको सुझावको
आधारमा केन्द्रीय समिति बैठकमा पठाउने निर्णय भइसकेको विधान संशोधन प्रस्तावमा पार्टी सदस्यले पालन गर्नुपर्ने आचरण सम्बन्धी व्यवस्था गरिएको छ । पार्टीको संशोधित विधानको

धारा ६७ मा यसबारे भनिएको छ, ‘राष्ट्र, राष्ट्रियता, मुलुक र जनताको हितमा सबै पार्टी सदस्यले काम गर्नुपर्नेछ । पार्टीलाई धक्का पर्ने र पार्टी हित प्रतिकुल हुनेगरी कसैले कुनै काम गर्न गराउन हुँदैन ।’पार्टीले अनुशासनको कारबाही हुनसक्नेबारे १५ बुँदामा यसरी बोलेको छ–

पार्टीलाई सत्तामा पुनःस्थापित गर्न ओलीका यस्ता छन् दुई रोडम्याप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरताको आधार सुरुवात हुँदै गरेको समृद्धिको यात्रामा बिराम लागेको दावी गरेका छन् । ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा पार्टी सरकारबाट बाहिरिन परेपछि नयाँ युगतर्फको यात्रा पनि गन्तव्यहीन हुन पुगेको जिकिर गरेका छन् ।

उनले सामाजिक न्याय र समाजवादका आधार तयार गर्ने प्रयासलाई विफल बनाउने प्रयासहरु भइरहेको भन्दै देशलाई अन्योलतातिर धकेल्ने प्रयासहरु पनि भइरहेको उल्लेख गरेका छन् । यी प्रवृत्ति रोक्न पार्टीलाई राज्य सञ्चालनको केन्द्र भागमा पुनःस्थापित गर्नु अनिवार्य रहेको भन्दै उनले आगामी कार्यभारका रुपमा दुई मुख्य रोडम्याप बुँदागत रुपमा अघि सारेका छन् ।

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार