• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

Breaking News : डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय


सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी
एक नेताले बताए। खड्काको सपथ भोलि हुने भनिएको छ ।प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा गठबन्धनका शीर्ष नेताहरुको बैठक साँझ साढे ६ बजेदेखि छलफलमा जुटेका छन्

। बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेस महामन्त्री पूर्ण बहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल लगायतको उपस्थिति रहेको छ। आज नै अन्य मन्त्रीहरुको टुंगो लाग्ने बताइएको छ ।

चुनावसम्म वाम-लोकतान्त्रिक गठबन्धन : एकीकृत समाजवादी
काठमाडौं । नेकपा एकीकृत समाजवादीले वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म टिकाइराख्नु पर्नेमा जोड दिएको छ ।

मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रस्तावमा गठबन्धनको एकतामा जोड दिइएको छ ।‘अहिलेको हाम्रो एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हाल कायम वाम लोकतान्त्रिक गठबन्धनलाई कम्तीमा पनि वर्तमान प्रतिनिधिसभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म टिकाउनु र सहमति एवं सहकार्यको आधारमा सरकार सञ्चालन गरी आम जनतालाई सेवा प्रदान गर्नु हो ।’

हेर्नुहोस् अध्यक्ष नेपालको राजनीतिक प्रस्ताव

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार