• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एकीकृत समाजवादीले पदाधिकारी टुंग्यायो, रामकुमारी सचिव, महासचिवमा भुसाल


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारी टुंगो लगाएको छ । एकीकृत समाजवादीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव
चयन गरेको हो । उपाध्यक्ष हरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ प्रसाद साह र जयन्ती राई चयन भएका छन् । बेदुराम भुसाल महासचिव बनेका छन् । उपमहासचिवमा गंगालाल

तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन् । सचिवहरुमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र रामकुमारी झाँक्री चयन भएका छन् ।सचिवालयले टुंगो लगाएका यी पदाधिकारीहरुलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिदैछ ।
महासचिवमा डा. बेदुराम भुसाल
माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) को महासचिव डा.बेदुराम भुसाल बन्ने निश्चित भएको छ । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो ।‘सचिवालय बैठकले महासचिवमा डा. भुसाललाई चयन गर्ने सहमति जुटेको छ, अव बस्ने केन्द्रीय कमिटी बैठकमा सचिवालयको सहमति प्रस्ताव पेस गरेर महासचिव घोषणा गरिन्छ ’ एक नेताले रातोपाटीसँग भने । महासचिवमा डा. भुसालसँगै नेताहरु मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, विजय पौडेल लगायतले आकांक्षा राखेका थिए ।

एकीकृत समाजवादीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १,उपाध्यक्ष ७, महासचिव १,उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ । केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने छ ।

दुवै सदनका बैठक बस्दै, बजेटसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको छुट्टाछुट्टै बैठक दिउँसो दुई बजे बोलाइएको छ ।प्रतिनिधि सभा बैठकबाट आज बजेटसँग सम्बन्धित दुईवटा विधेयक पारित गर्ने तयारी छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने उल्लेख छ ।यसअघि ४ असोजमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका बीच विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको थियो ।

आज राष्ट्रिय सभामा पनि विनियोजन विधेयकमाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची तय भएको छ ।प्रतिनिधिसभाबाट पारित विधेयकहरु राष्ट्रिय सभामा पठाइन्छ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधिसभाले सभामुख मार्फत राष्ट्रपतिकहाँ पठाउँछ र कार्यान्वयनमा आउँछ ।त्यसपछि ३० भदौदेखिको ‘बजेट होलिडे’ अन्त्य हुनेछ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले १५ जेठमा ल्याएको बजेट अध्यादेश तीन साउनमा संसदमा पेस भएको थियो । देउवा नेतृत्वको वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २५ भदौमा संसदमा टेबुल गरेका थिए । २९ भदौमा एमाले सांसदको नाराबाजीकै बीच प्रतिस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पास भएको थियो । त्यसलगत्तै संसदको अर्को बैठक असोज चार गतेसम्मका लागि स्थगित गरिएको थियो । सरकारले बजेट (विनियोजन विधेयक-२०७८) लाई नियमित प्रक्रियाबाटै पास गर्ने बाटो रोजेकाले राज्यकोषबाट खर्च गर्न रोक (बजेट होलिडे)को अवस्था आएको हो ।

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार