• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

वि.सं. २०७८ आश्विन ०८ गते शुक्रवारकाे राशिफल, जय श्री पाथिभरा माता, यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ आश्विन ०८ गते शुक्रवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर २४ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३ , सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं.
:– ११४१, (ञलागा),काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५२ बजे र सूर्यास्त : साँझ ०५:५७ बजे,चन्द्रास्त : बिहान ०८:५५ बजे र चन्द्रोदय : बेलुका ०८:२८ बजे, इटहरी,

सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०५:४९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०६:०२ बजे, आश्विन कृष्णपक्षको तृतीया तिथि, बिहान ०७:१७ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, अश्विनी नक्षत्र, बिहान ०९:०० बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त), व्याघात योग, दिउँसो ०३:२० बजेसम्म, त्यसपछि हर्षण योग, सुरुमा विष्टि (भद्रा) करण बिहान ०७:१७ बजेसम्म, त्यसपछि बब करण बेलुका ०८:०७ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नसक्छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । पितृ देवको आशीर्वाद पनि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । मठमन्दिरको भ्रमणले थप ऊर्जा मिल्नेछ । विद्याको क्षेत्र पनि सबल नै रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । ऋण गरेरै भएनि सामान खरीद गरिनेछ, तर खानपीन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कार्य सम्पादनमा समस्या आउला । पुँजी बजारमा लगानी नगर्दा नै बेस होला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । घरमा अतिथिको आगमन हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा हुनसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्यलाभ पनि हुने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार