• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

रावलले ओलीलाई भने- १० बुँदे कार्यान्वयन नगर्ने हो भने खारेजको घोषणा गर्नुस्, सक्नुहुन्छ ?


एमालेउपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाएका छन्।शुक्रबारदेखि सुरू भएको एमाले केन्द्रीय कमिटी
को बैठकमा उपाध्यक्ष रावलले १० बुँदे कार्यान्वयन नगर्ने भए खारेज गरेको घोषणा गर्न समेत चुनौती दिएका थिए। ‘१० बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन

र जेठ २ अघिको संगठनात्मक संरचना कायम होस्। यदि १० बुँदे कार्यान्वयन नगर्ने हो भने खारेज भयो भनेर घोषणा गर्नुस्, सक्नुहुन्छ? भनेर भीम रावल कमरेडले भन्नुभएको छ,’एक केन्द्रीय सदस्यले भने,’जवाफमा पार्टी अध्यक्षले स्थायी कमिटीको बैठकबाट टुंगो लगाउला भन्नुभयो।’केन्द्रीय सदस्य झपट रावलले अन्तर पार्टी निर्देशिका (अपानी)को कार्यान्वयन र १० बुँदेमा इमान्दार हुनुपर्ने बताएका थिए।उनले यसबारेको बुझाइमा एकरूपता कार्यान्वयन हुनुपर्नेमा तलतल बेइमानी भएको समेत गुनासो गरेका थिए।पार्टीको निर्देशन उल्लंघन गर्नेलाई कारबाही गर्नुपर्ने भन्दा रावलले यसको निष्कर्षमा पुर्‍याएरमात्रै पार्टी बैठक अघि बढाउन भनेका थिए।केन्द्रीय सदस्यहरू भानुभक्त जोशी, सुरेन्द्र मानन्धर लगातयले पनि १० बुँदे इमान्दारपूर्वक कार्यान्वयन नभएको बताएका थिए।

वामदेव गौतमको राजीनामा अस्वीकृत !
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ । नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका थिए ।गौतमले राजीनामा दिएको तीन साता बितिसक्दा पनि एमालेले उनको राजीनामा स्वीकृत गरेन । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले गौतमको राजीनामा स्वीकृत नभएको बताए । ‘उहाँको राजीनामा स्वीकृत भएको छैन, स्वीकृत नभएकाले उहाँको नामसहित हामीले निर्वाचन आयोगमा अपडेट पठाएका छौ’, तामाङले रातोपाटीसँग भने ।

राजीनामा दिएपछि पनि गौतमको नाम अपडेट गरेर निर्वाचन आयोग पठाएकाले राजीनामा अस्वीकृत भएको बुझ्नुपर्ने एमालेका एक स्थायी समिति सदस्यले बताए । ‘स्वीकृत नभएपछि अस्वीकृत भयो भनेर बुझ्नुपर्छ । अब उहाँले कि अर्को पार्टीमा लागेको घोषणा गर्नुपर्यो त्यो अवस्था पनि होइन, त्यसैले उहाँ अझै एमालेमै हुनुहुन्छ भनेर बुझ्नुपर्छ’, ती नेताको भनाइ छ ।

गौतमले आफ्नो राजीनामा पत्रमा अध्यक्ष केपी ओलीलाई नवौँ महाधिवेशनले पारित गरेका राजनीतिक कार्यदिशा पालना नगरेको तथा सरकारमा हुँदा साझा घोषणापत्र समेत लागु नगरेको गुनासो गरेका थिए । त्यस्तै उनले सर्वोच्च अदालतले असंवैधानिक भनेर खारेज गरेका विषयलाई समेत अध्यक्ष ओलीले आफूलाई सुधार नगरेको तथा पार्टीका बिचार सिद्धान्त र कार्यदिशा पालना नगरेको राजीनामामा उल्लेख गरेका थिए ।

‘म आफै संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिमा पार्टी उपाध्यक्ष पद र सवै जिम्मेवारीबाट राजीनामा दिएको छु’ भदौ १८ मा अध्यक्ष ओलीलाई सम्बोधन गरेर बुझाएको राजीनामा पत्रमा भनिएको छ ।त्यसयता गौतम एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटीका कुनै पनि बैठकमा सहभागी भएका छैनन् ।

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार