• २०८१ असोज ७ गते सोमवार
  • Preeti To Unicode

वि.सं. २०७८ आश्विन ०९ गते शनिवारकाे राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ आश्विन ०९ गते शनिवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर २५ तारिख , राक्षस नामक संवत्सर , शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं.
११४१, (ञलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५३ बजे र सूर्यास्त : साँझ ०५:५६ बजे, चन्द्रास्त : बिहान ०९:३५ बजे र चन्द्रोदय : बेलुका ०९:१५ बजे, इटहरी,

सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०५:४८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०६:०१ बजे, आश्विन कृष्णपक्षको चतुर्थी तिथि, बिहान ०८:५८ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, भरिणी नक्षत्र, दिउँसो ११:१७ बजेसम्म, त्यसपछि कृतिका नक्षत्र, चन्द्रमा मेष राशिमा, साँझ ०५:५५ बजेसम्म, त्यसपछि बृष राशिमा, हर्षण योग, दिउँसो ०३:४२ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कर्तव्य बोध हुने र आस्था बढ्नेछ । परोपकार आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रा गर्ने अवसर जुट्न सक्छ । वाणीमा कुशलता आउने योग परेको दिन छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ । कसै सैलाई परदेशी घर फर्कने र रमाइलो वातावरण छाउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजबाट लामो समस्याबाट रोकिएको काम पुन: प्रारम्भ हुनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । व्यापारमा विशेष सफलता हात लाग्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ । धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफन्त तथा मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पनि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज औपचारिकतामा बढी व्यस्त रहन पर्नसक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता भने बढ्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मन हर्ष र प्रसन्नताका साथ समय व्यतीत हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज बोलीवचन एवं भाषण आदिमा प्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । विपरीत वर्ग प्रति आकर्षण बढ्न सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार