• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

दशैको टिकाको साईत सार्वजनिक, यो दिशामा फर्केर टीका लगाउँदा उत्तम


काठमाण्डौं । यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंको टिका लगायत विभिन्न साइतहरुको
शुक्रबार सार्वजनिक गरेको हो ।शुक्रबार सार्वजनिक गरेको दशैंको साइत अनुसार असोज २९ गते बिहीबार बिहान ११ बजेर ४६ मिनेटमा घटस्थापनाको साइत रहेको छ । असोज २२ गते

शुक्रबार झण्डा फेर्ने साइत ११ बजेर ५६ मिनेटमा रहेको छ । त्यस्तै असोज २५ गते सोमबार पचली भैरव यात्रा, असोज २६ गते मङ्गलबार फूलपाती परेको छ ।फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७ बजेर ११ मिनेटमा रहेको छ । त्यस्तै असोज २७ गते बुधबार महाअष्टमी र त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने पञ्चाङ्ग समितिले जनाएको छ ।

त्यसैगरि पञ्चाङ्ग समितिका अनुसार असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई २९ गते बिहान ८ बजेर १९ मिनेटमा विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि भने बिहान १० बजेर २ मिनेटको साइत शुभ रहेको छ ।

टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।‘राज्यको नेतृत्व गर्नेका लागि साइतको आवश्यकता हुन्छ, राष्ट्रको नेतृत्व गर्नेका लागि प्रभू शक्ति, मन्त्र शक्ति र उत्साह शक्ति चाहिन्छ, यी शक्ति प्राप्तिका लागि साइतमा टीका ग्रहण गर्नुपर्छ,

सर्व साधारणका लागि टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीका प्रसादका रुपमा मान्यजनबाट आशीर्वादसहित टीका लगाउनु शुभ हुन्छ’–उनले भने ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार