• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

बुद्ध एयर प्रकरण : के थ्यो समस्या के भयो हेर्नुस् !


काठमाडौं । काठमाडौंबाट विराटनगर उडेको जहाज अवतरणमा भएको समस्याबारे बुद्ध एयरले आफ्नो स्पष्टीकरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार जहाजमा
कुल ७३ जना यात्रु थिए ।जहाज विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इण्डिकेटरमा समस्या देखिएको थियो । त्यहाँको टावरले समेत गियर नझरेको जानकारी गरायो।त्यसपछि

जहाज काठमाडौं फर्काउने निर्णय पाइलटले लिए । सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंका आकाशमा फन्को मारेको थियो । त्यसबेला सबै सुरक्षा मापदण्ड पूरा गरी जहाज सुरक्षित अवतरण गरेको कम्पनीले जनाएको छ ।बुद्ध एयरका अनुसार जहाजमा ल्याण्डिङ गेयरका लागि दुई वटा इन्डिकेटर हुन्छन् । जसअनुसार प्राइमरी इण्डिकेटरमा संकेत नदेखिए पनि सेकेन्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको थियो । यसरी सेकेण्डरी इन्डिकेटरमा बत्ती बलेको अवस्थामा पनि ल्याण्डिङ गियर खुलेको मानिन्छ ।सुरक्षामा शून्य सहनसिलता अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौं फर्काउने निर्णय लिएको कम्पनीले जनाएको छ ।काठमाडौं आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दिइएको थियो । सोही अनुसार जहाज सुरक्षित अवतरण गराइएको छ । यस क्रममा यात्रुमा परेको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ । सुरक्षित हवाई यात्राको प्रतिवद्धता समेत कम्पनीले गरेको छ ।

विराटनगर उडेको जहाज २ घण्टा फन्को मारेर त्रिभुवन विमानस्थलमै अवतरण
आकाशमा दुई घण्टासम्म फन्को मारेको बुद्ध एयरको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरेको छ ।आज बिहान काठमाडौंबाट विराटनगर प्रस्थान गरेको उक्त जहाज प्राविधिक समस्याको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौंमै फर्किएको थियो ।नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले उक्त जहाज ‘नर्मल ल्याण्ड’ गरेर पार्किङस्थलमा गइसकेको बताए ।जहाज सुरक्षित अवतरण भएकाले सम्भावित संकट टरेको छ । सो जहाजमा चालक दलका ४ सदस्यसहित ७७ जना थिए । सो जहाज सिनियर क्याप्टेन आङगेलु शेर्पाले उडाएका थिए ।

उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ-बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।

जहाजले आकाशमा धेरैबेर फन्को लगाइरहनुको कारणबारे विमानस्थलका एक अधिकारीले भने, ‘यस्तो अवस्थामा जहाजको इन्धन कम गराउनु पर्ने हुन्छ । त्यतिन्जेलसम्म विमानस्थलले आकस्मिक अवस्थामा चाहिने तयारी पूरा गर्छ । दमकल, एम्बुलेन्सदेखि अन्य सुरक्षाका सबै तयारी पूरा गरिन्छ ।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार