• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

प्रेमिकासँग छुट्टिए टेस्ला सीईओ एलन मस्क, छोरालाई भने दुवै जनाले पाल्ने


तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेर छोरासमेत जन्माइसकेका टेस्ला सीईओ एलन मस्क र क्यानाडाली गायिका ग्रिम्स छुट्टिएका छन् ।आफ्नो र ग्रिम्सको‘अर्ध पृथकीकरण’
अर्थात् ‘semi separation’ भएको भन्दै मस्कले अलग भएता पनि आफूहरुबीच सम्बन्ध असल रहेको र एक वर्षे छोरालाई दुवै जनाले लालनपालन गर्ने बताएका छन् ।स्मरण रहोस्

मस्क र ग्रिम्सको छोराको नाम X A A-Xii Musk हो । जुन निकै अनौठो नाम छ ।Page Six लाई दिएको अन्तरवार्तामा मस्कले भनेका छन्- हामीहरु अर्ध पृथकीकरण भएका छौं । तथापि एक अर्कालाई अझै माया गर्छौं, एक अर्कालाई बेला बेलामा हेर्छौं र सम्बन्ध असल छ । उनी अहिले पनि मसँगै बसेकी छिन् र हाम्रो छोरा अर्को कोठामा छ ।टेस्ला तथा स्पेस एक्स कम्पनीको कामले गर्दा आफू धेरैजसो टेक्सासमा बस्नुपर्ने र ग्रिम्सको संगीतका क्रममा विभिन्न मुलुकको भ्रमणका लागि कामका लागि लस एन्जल्समा धेरै बस्नुपर्ने भएको कारणले गर्दा आफूहरु अर्धरुपमा छुटि्टएको उनको दाबी छ ।मस्क र ग्रिम्सबीच सन् २०१८ बाट प्रेम सम्बन्ध सुरु भएकोमा सन् २०२० को मे महिनामा उनीहरुको छोरा जन्मिएको थियो । उनीहरु गत महीना न्युयोर्कमा भएको मेट गाला फेसन शो मा सँगै देखिएका थिए, जहाँ ३३ वर्षीय ग्रिम्स रेड कार्पेटमा हिँडेकी थिइन् ।
एजेन्सी

यी फोनमा नोभेम्बरदेखि चल्नेछैन ह्वाट्सएप
लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्राइभेसी तथा सुरक्षाका लागि लगातार अपडेट जारी गरिरहेको हुन्छ ।वास्तवमा एपमा सेक्योरिटीसँग सम्बन्धित जतिधेरै समस्याहरु देखिएका हुन्छन् त्यसमध्ये अधिकांश घटनाहरु अपडेट नगरिएको पुरानो भर्सनको एपमै देखिएको हुन्छ । त्यसैले यस्ता खालका समस्याहरु हटाउनका लागि ह्वाट्सएपले हरेक वर्ष केही पुराना संस्करणका फोनमा ह्वाट्सएपको सपोर्ट बन्द गर्ने गर्दछ जुन फोनहरुमा ह्वाट्सएप जारी गर्ने पछिल्लो भर्सन अपडेट हुँदैन ।

यो पटक पनि ह्वाट्सएपले त्यस्तै गर्दैछ । आगामी नोभेम्बर महिनादेखि विभिन्न मोडेलका फोन प्रयोगकर्ताहरुले ह्वाट्सएप प्रयोग गर्न पाउने छैनन् किनकी ती फोनहरु ह्वाट्सएपले सपोर्ट गर्ने छैन ।ह्वाट्सएप सपोर्ट बन्द हुने फोनहरुमा एन्ड्रोइड, आइओएसदेखि काइओएस फोनहरु समेत हुनेछन् ।

ह्वाट्सएप सपोर्ट नगर्ने एन्ड्रोइड फोनहरु

यदि तपाईंसँग एन्ड्रोइडको ४.०.४ तथा त्यसभन्दा पुरानो अपरेटिङ सिस्टम भएको फोन छ भने त्यसमा आगामी नोभेम्बर १ देखि ह्वाट्सएप चल्ने छैन । अहिले बजारमा एन्ड्रोइड १२ युक्त फोनहरु उपलब्ध भैसकेका छन् । नोभेम्बरदेखि ह्वाट्सएपले सपोर्ट नगर्ने फोनहरुमा सामसुङ ग्यालेक्सी SII, ग्यालेक्सी एस थ्री मिनी, एलजीको अप्टिमस फोन लगायतका हुनेछन् ।

आइओएस फोन
यदि तपाईंसँग आइओएस ९ तथा त्यसभन्दा पुरानो भर्सनको अपरेटिङ सिस्टमयुक्त आइफोन छ भने त्यसमा नोभेम्बरदेखि ह्वाट्सएप चल्नेछैन । उक्त सूचीमा आइफोन सिक्स एस, आइफोन सिक्स एस प्लस, एप्पल आइफोन एसइ वान लगायतका हुनेछन् । नोभेम्बरदेखि आईओएस १० माथिका आइफोन संस्करणमा मात्र ह्वाट्सएपले काम गर्नेछ ।

Kai अपरेटिङ सिस्टमवाला फोन
कतिपय नोकिया फोन तथा भारतीय बजारमा उत्पादन हुने जियो लगायतका फोनमा पनि काइ अपरेटिङ सिस्टम रहेको छ । नोभेम्बरदेखि KaiOS को २.५.० तथा त्यसभन्दा पुरानो अपरेटिङ सिस्टम भएका फोनमा ह्वाट्सएप चल्नेछैन ।

नोभेम्बरदेखि ह्वाट्सएप नचल्ने फोनहरुको सूची :
सामसुङ
Samsung Galaxy Trend Lite
Samsung Galaxy Trend II,
Samsung Galaxy SII,
Samsung Galaxy S3 mini,
Samsung Galaxy Xcover 2,
Galaxy Core
Galaxy Ace

एप्पल
iPhone SE (first generation),
iPhone 6s
iPhone 6s Plus
(आइओएस १० बाट अपडेट नगरिएको खण्डमा)

एलजी
LG Lucid 2,
Optimus F7,
Optimus F5,
Optimus L3 II Dual,
Optimus F5,
Optimus L5,
Optimus L5 II,
Optimus L5 Dual,
Optimus L3 II,
Optimus L7
Optimus L7 II Dual,
Optimus L7 II,
Optimus F6,
Enact ,
Optimus L4 II Dual,
Optimus F3,
Optimus L4 II,
Optimus L2 II,
Optimus Nitro HD, 4X HD
Optimus F3Q

सोनी
Sony Xperia Miro,
Sony Xperia Neo L,
Xperia Arc S

हुवावे
The Huawei Ascend Mate,
Huawei Ascend G740,
Ascend D Quad XL,
Ascend D1 Quad XL,
Ascend P1 S
Ascend D2

जेडटिइ
ZTE Grand S Flex,
ZTE V956,
Grand X Quad V987
Grand Memo

अन्य फोनहरु
Alcatel One Touch Evo 7,
Archos 53 Platinum,
HTC Desire 500,
Caterpillar Cat B15,
Wiko Cink Five,
Wiko Darknight,
Lenovo A820,
UMi X2,
Faea F1
THL W8

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २०७८ असोज १२ गते मङ्गलवार