• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

ओली तानाशाही भए, रुन पनि पाइँदैन भन्ने शेरबहादुर देउवा लाई देखेर लोकतन्त्र रोइरहेको छ : बस्नेत


काठमाडौं/ एमाले नेता महेश बस्नेतले नेपाली कांग्रेस देखेर लोकतन्त्र रोइरहेको बताएका छन् । एमाले चाँगुनारायण नगर कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले
भने, ‘हिजो केपी ओली तानाशाही भए ओलीको पालामा रुन पनि पाइँदैन भन्ने शेरबहादुर देउवा र लोकतन्त्रको हिमायती ठान्ने देउवा र कांग्रेसका अनुयायी देखेर लोकतन्त्र रोइरहेको छ ।

बस्नेतले मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने सरकार अस्वस्थ रहेको बताए । ‘यसको जन्म नै परमादेशबाट भएको छ । यो सरकार जन्मिँदै अस्वस्थ कुपोषण भएर जन्मियो । यिनले ल्याएको बजेटले अघिल्लो सरकारको १४ सय सडक कटौती गर्यो । भक्तपुरका पनि परे । ओली सरकारको लोकप्रिय बजेट प्रतिस्थापन गरियो,’ बस्नेतले भने ।देश विकास गर्ने शक्ति कमजोर पार्न एमाले फुटाइएको उनको आरोप थियो । ‘हिजो ओलीलाई आरोप लगाउने प्रचण्ड यो समग्र योजनाको डिजाइनर म र माधव नेपाल हो भनेर खुल्लम खुल्ला हिँडिरहेका छन्,’ उनले भने, ‘हाम्रोविरुद्ध चौतर्फी घेराबन्दी छ । सुखी नेपाली समृद्ध नेपालको लिड गर्ने पार्टी एमाले हो । यसलाई कमजोर नबनाएसम्म तस्कर माफियाको अड्डा बनाउन सकिँदैन भन्ने छ ।चुनावसम्म सत्ता गठबन्धन नटिकाए एमालेलाई हराउन सकिँदैन भनेर प्रचण्ड गठबन्धन जोगाउन रातदिन लागिपरेको उनको भनाइ थियो । एमालेले एक्लै भिड्ने र यसका लागि नेता कार्यकर्ता सचेत हुनुपर्ने बस्नेतले जोड दिए ।

अझै दुई दिन मन्त्रिपरिषद् विस्तार नहुने
काठमाडौं / अझै दुई दिनसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउने भएको छ । सत्ता गठबन्धनका दलहरूले आन्तरिक तयारी नसकेका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै केही दिन लाग्ने भएको हो । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भए पनि दलहरूले सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद् गठनमा ढिलाइ हुने देखिएको छ । सत्ता गठबन्धनको दल नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य विरोध खतिवडाले पार्टीका आन्तरिक तयारी नपुगेकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन दुई दिन जति लाग्ने बताए ।

सत्तारुढ अर्को दल जनता समाजवादीका नेता मोहम्मद इश्तियाक राईले पनि पार्टीको आन्तरिक तयारी नसकिएकाले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लाग्न दुई/तीन दिन लाग्ने बताए । ‘कांग्रेसको आन्तरिक विवाद कायमै छ, उसको विवाद टुंगो लागेपछि मात्र अरु पार्टीको मन्त्रीको टुंगो लाग्ने हो’, राईले भने, ‘कांग्रेसले कुन–कुन मन्त्रालय पाउछ त्यसपछि अरुको टुंगो लाग्छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको साढे दुई महिना पुग्न लाग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । जसपाले दल विभाजनमा सहज हुने गरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा जाने मन्त्रीको टुंगो नलगाने अडान राखेको थियो । कांग्रेससिहत सबै दलहरूमा मन्त्री बन्नका लागि नेताहरूकाे हानथाप छ ।

प्रकाशित मिति : २०७८ असोज १२ गते मङ्गलवार