• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

संखुवासभा : जब मृ’त’कको मोबाइलमा नयाँ सिम सक्रिय भयो अनि भेटिए योजनाकार


काठमाडौं।संखुवासभाको मादी नगरपालिका-१मा एकै परिवारका ६ जना मारिएको एक सातापछि प्रहरीले लोकबहादुर कार्कीलाई पक्राउ गरेर सार्वजनिक गर्यो मानसिक
समस्याको औषधि सेवन गरिरहेको दाबीसहित प्रहरीले मृतक तेज बहादुरले हेप्ने गरेका कारण घटना भएको बतायो । एक अनुसन्धान अधिकृतका अनुसार हत्या भएको भोलिपल्ट मृतकका

सामानहरु रुजु गर्ने क्रममा मृतक रञ्जनाको दुईवटा मोबाइल भेटिएको थिएन । ‘घटनाको तीन दिनपछि सुर्के थैलीमा राखिएको सादा मोबाइल घर बाहिर झुण्डाइएको अवस्थामा भेटियो,’ एक अधिकृत भन्छन्, ‘तर ओप्पो ब्राण्डको अर्को फोन भेटिइरहेको थिएन ।’ अन्य पाटोबाट अनुसन्धान भइरहेका बेला मोबाइलको विषय ओझेलमै थियो ।केही दिनपछि लोकबहादुरले कसूर स्वीकार्दा मोबाइल खोजीमा प्रहरीले त्यति ध्यान पनि दिएन । उनलाई सार्वजनिक गरेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र प्रदेश प्रहरी कार्यालय, विराटनगरको टोली फर्कियो । त्यसपछि बल्ल इलाका प्रहरी कार्यालय, खाँदबारीले मोबाइलको खोजी गर्न थाल्यो ।सीआईबीले पनि मोबाइलबारे प्राविधिक छानबिन थाल्यो । अनुसन्धान अधिकृतहरुका अनुसार सामूहिक हत्या भएकै दिन २१ भदौको दिन बिहान ५ः४४ बजे मोबाइल स्वीच अफ भएको प्राविधिक विश्लेषणबाट देखियो । ‘हत्या पनि त्यही समय आसपास भएको फरेन्सिक जाँचले देखाएको थियो,’ एक अधिकृत भन्छन्, ‘मोबाइल अफ हुनु र हत्याको समय मिल्नु संयोग मात्र मान्न सकिन्नथ्यो ।’

उनको भनाइमा मोबाइल बन्द हुनुमा कि चार्ज सकिएको हुनुपर्थ्यो कि अर्कोले लगेर अफ गरिदिएको हुनुपर्थ्यो । हिरासतमा रहेका लोकबहादुरले मोबाइलबारे थाहा नभएको बताइरहेका थिए । यस्तो अवस्थामा अन्य व्यक्ति पनि घटनामा जोडिनसक्ने अनुमान अधिकृतहरुको थियो ।

मोबाइल सक्रिय भएपछि…

प्रहरीले रञ्जनाले मोबाइलमा प्रयोग गरेको सिमकार्डमार्फत आईएमईआई नम्बर ट्रेस गरिरहेको थियो । अन्य पाटोबाट पनि खोजी भइरहेकै थियो । प्राविधिक विश्लेषण गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २९ भदौमा हराएको मोबाइलमा नयाँ नम्बर सक्रिय देखिएको सूचना टेलिकमबाट पायो ।मोबाइलमा सक्रिय ९८२९३४… नम्बरको विवरण मगाउँदा पक्राउ परेका लोकबहादुरका बुबा रणबहादुर कार्कीको नाममा सिम दर्ता भएको देखियो । प्रहरीलाई सिम कसले चलाइरहेको छ भन्ने पुष्टि गर्न थप आधार पनि चाहिएको थियो ।

सिमको कल डिटेल रेकर्ड (सीडीआर) निकाल्दा दुईवटा नम्बरमा भएको फोन शंकास्पद देखियो । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार ९८१०४७ … मा ७ पटक सम्पर्क भएको थियो भने ९८४२३४… नम्बरमा ३ पटक कुराकानी भएको थियो ।स्रोतका अनुसार पहिलो नम्बर हिरासतमा रहेका लोकबहादुरकै थियो । त्यसपछि प्रहरी अधिकृतले त्यो नम्बर हिरासतमा रहेका लोकबहादुरको मोबाइलमा डायल गरेर हेरे, ‘कान्छो भाइ’ भनेर सेभ गरेको देखियो ।अर्को नम्बर चाहिं ‘मादी दिदी’ नाममा सेभ गरिएको थियो । प्रहरीका अनुसार विवाह गरेर मादी गएकी लोकबहादुरकी दिदीलाई पनि प्रहरीले सोधपुछ गर्यो । त्यसक्रममा बुबाको नाममा भएको सिमकार्ड कान्छो भाइ नरेश कार्कीले चलाउने गरेको देखियो ।
‘त्यसपछि नै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्यौं,’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘उनले केही समय घरमुनिको ओडारमा मोबाइल लुकाएका रहेछन्, लोकबहादुर पक्राउ परेपछि मोबाइल चलाउन थालेछन् ।’

नरेशलाई प्रहरीले ३१ भदौमा जिल्ला प्रहरी कार्यालय, संखुवासभा लग्यो । त्यहाँ लिइएको बयानमा उनले लोकबहादुरले हत्या गरेको आफूले देखेको तर संलग्न नरहेको दाबी गरे । अनुसन्धानमा खटिएका एक अधिकृत भन्छन्, ‘उसले हत्या गरेको पछिपछि बसेर सबै देखेको र मोबाइल चाहिं लोभ लागेर आफूले राखेको भनेको थियो ।’प्रहरीका अनुसार उनले दिएको बयानमा कतिपय विषयहरु बाझिइरहेका थिए । ‘पछि घटना काका खड्गबहादुरका छोराहरुले पनि देखेको उनले खुस्काए,’ प्रहरी स्रोत भन्छ, ‘त्यसपछि छोराहरुलाई ल्याएर सोधपुछ गर्दा खड्गबहादुरसहित छोरा हस्तबहादुर, तेजबहादुरका भाइ रणबहादुर र दुई छोरा लोकबहादुर र नरेशको संलग्नता खुलेको हो ।’

शव व्यवस्थापन गरेपछि हत्यामा जोडिए खड्गबहादुरअनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार योजनाबद्ध हत्या गर्नुअघि एक दिनअघि लोकबहादुरको घरमा छलफल भएको थियो । छलफलमा मुख्य योजनाकार खड्गबहादुर कार्कीसहित उनका छोरा हस्तबहादुर, लोकबहादुर र नरेश थिए ।योजनाअनुसार २१ गते बिहान तेजकुमार खेताला बोलाउन लोकबहादुरको घरमा आउँदा हत्या गर्ने भनिएको थियो । अरुले थाहा पाए त्यहीं सबैको हत्या गर्ने योजना रहेको प्रहरीको भनाइ छ ।

‘मृतक तेजकुमार कार्की बिहान आउने निश्चित गर्न खड्गबहादुर उनको घरमा गएर लोकबहादुर अल्छी छ, घरमै गएर खेताला निश्चित गर्नु भनेका थिए,’ अनुसन्धानमा खटिएका एसपी भीम दाहाल भन्छन्, ‘भोलिपल्ट तेजकुमार लोकबहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुरले घर पछाडि चिर्पट बोकेर तयारी अवस्थामा बसेका थिए ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार