• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमाले–राप्रपाको बहिस्कारबीच सर्वदलीय बैठक सुरु : को को छन् सहभागी ?


प्रधानमन्त्रीशेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकजारीछ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १०:३०बजेबाट सर्वदलीय बैठक चलिरहेको प्रधानमन्त्री
देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रमुख प्रतिपक्षी एमालेले भने सरकारले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको छ।भानुका अनुसार सर्वदलीय बैठकमा

एमालेबाट कुनै प्रतिनिधि सहभागी छैनन् । एमालेले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि बहिस्कार गरेको थिए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कुनै पनि नेता बैठक सहभागी नभएको उनले बताए ।बैठकमा प्रधानमन्त्री तथा सभापति देउवा र कानुनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् भने माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ उपस्थित छन् । यस्तै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव बेदुराम भुसाल सहभागी छन् ।प्रमुख स्वकीय सचिव देउवाका अनुसार जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थिति रहेको छ । यस्तै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी छन् । संसदमा एमालेद्वारा जारी अवरोध अन्त्यका लागि बोलाइएको बैठक एमाले बहिस्कार गर्दै आएको छ । प्रधानमन्त्री देउवाले बोलाएको बैठकले पनि संसदको गतिरोधको समाधान खोज्न गाह्रो छ ।

बागमतीमा काँग्रेसले मुख्यमन्त्री पाउने चर्चा : शेखरको आपत्ति, बानियाँको जवाफ
काठमाडौं । बागमती प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने चर्चा सुरु भएको छ । मुख्यमन्त्रीमा बागमती प्रदेशका काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँको नाम चर्चामा आएको छ ।बागमती प्रदेशमा काँग्रेस र नेकपा (एकीकृत समाजवादी) ले आलोपालो सरकारको नेतृत्व चर्चा चलेको छ । यो चर्चासँगै काँग्रेस नेताहरुबीच सार्वजनिकरुपमै विवाद देखिएको छ । आगामी मंसिर ९–१३ मा हुने काँग्रेसको १४ औं महाधिवेशनलाई मध्यनजर गरी बानियाँ मुख्यमन्त्री बन्ने चर्चा चलेपछि काँग्रेसमा विवाद देखिएको हो ।

काँग्रेस केन्द्रीय सदस्य तथा सभापतिका दाबेदार डा. शेखर कोइरालाले महाधिवेशनलाई लक्षित गरी बानियाँको नेतृत्वमा सरकार बनाउनु आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।विहीबार बिहान ट्वीटरमा कोइरालाले लेखेको छन्, ‘बागमती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य छ ।’यसले काँग्रेस पार्टीलाई कमजोर बनाउने दाबी छ । ‘संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली काँग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो ?,’ कोइरालाको प्रश्न छ । उनले यस्ता कार्यमा संलग्न नहुन सबैमा आग्रहसमेत गरेका छन् ।

यता मुख्यमन्त्रीका दाबेदार इन्द्र बानियाँले अढाई महिना आफ्नो नेतृत्वमा सरकार बन्ने कुरा गतल भएको बताए ।उनले भने, ‘पत्रकारहरु मनगणन्ते कुरा लेख्छन् । यथार्थ र सत्य तथ्य कुरा लेख्दैनन् । गठबन्धनको निर्णय भएको छैन । बजारको हल्लामा मिडिया चलेको छ । अढाई महिना सरकारको नेतृत्व गर्ने कुरा गलत हो ।’एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का बिरामी भएर अस्पताल भर्ना भएकाले बागमतीमा नयाँ सरकार गठनका सन्दर्भमा छलफल नै हुन नसकेको बानियाँको भनाइ छ । यस्तो अवस्थामा शेखर कोइरालाले हतास मनस्थितिका आधारमा टिप्पणी गरेको उनको आरोप छ ।

‘यो हतास मनस्थितिको उपस हो । कोइराला हुँदैमा काँग्रेसको विरासत पाउने हुँदैन । उहाँ जस्तो हतास मनस्थिति भएको मान्छे काँग्रेसको नेतृत्वका लागि योग्य छैन । उहाँ काँग्रेसले मुलुक चलाएको हेर्न चाहनुहुन्न, ’ उनले रातोपाटीसँग भने, ‘ एउटा कर्मचारी काँग्रेसको नेता बन्न सक्दै सक्दैन । नेता बन्नका लागि ठूलो छाती चाहिन्छ ।’बजारको हावादारी कुुरामा प्रतिक्रिया दिने नेता काँग्रेस नेतृत्वका लागि योग्य नरहेको उनको दाबी छ ।

‘उहाँले यस्तो कुरा लेख्नुभन्दा हामीसँग एक पटक सोध्न पनि सक्नुहुन्थ्यो होला नि ? हावादारी कुराका पछाडि लागेर काँग्रेसविरुद्ध उहाँले अभिव्यक्ति दिइराख्नुभएको छ । उहाँको यो व्यवहार र शैली घोर आपत्तिजनक छ,’ उनले आक्रोश पोखे ।पार्टी सभापति शेरबहादुर देउवाको धर्यताबाट प्राप्त उपलब्धिलाई समाप्त गर्ने दिशामा शेखर कोइराला लागेको बानियाँको आरोप छ ।

‘शेरबहादुर देउवाको धर्यताले आज ६३ सिट भएको काँग्रेस पूर्ण बहुमत सहमित सरकारमा छ । उहाँ यो उपलब्धिलाई समाप्त गर्ने दिशामा अगाडि बढ्नुभएको छ ,’ उनले भने, ‘ढुक्कुरको मुटु लिएर हात्ती बन्न यो दुनियाँमा कोही सक्दैन । ढुक्कुरको छाती भएको शेखर कोइरालाले शेरबहादुर देउवासँग लड्ने हैसियत राख्नुहुन्न । उहाँ त्यसको लायक होइन ।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार