काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ पुसकोसंसद विघटनसँगै आफूसामु लड्ने कि आ,त्म,हत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका छन्।यद्यपि आफूले पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको उनको भनाइ छ।अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई
सम्बोधन गर्दै प्रचण्डले साविकको नेकपामा निरंकुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा फेरि लड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने भन्ने प्रश्न आएको बताए ।भारतीय फिल्म भगत सिंहमा चन्द्रशेखर आजादले एक मुठी माटो लिएर (धर्ती माता)मा यति नै रहेछ गर्न भनेर आत्महत्या गरेको प्रसंग उनले सुनाए । आफू पनि झण्डैझण्डै यस्तो अवस्थामा पुगेको भन्दै प्रचण्डले अघि भने, ‘आत्मसमर्पण त गर्न सक्दिनँ, हजारौं शहीद, घाइते अपांगको ऋण मेरो टाउकोमा छ । मैले या त सकिन, यत्ति नै रहेछ भने सुसाइड गर्नुपर्ने या त लड्नुपर्ने ठाउँमा पुगेको देखें ।’
यसो भन्दैगर्दा उनको गला अवरुद्धजस्तै भएको थियो । पार्टीका सबै नेताहरुको सहयोगबाट फेरि लड्ने संकल्प गरेको भन्दै उनले भने, ‘जेल जानुपर्छ भने जाने, मारिनुपर्छ भने पनि तयार हुने संकल्प गरियो । त्यही संकल्पबाट शुरु भयो सडक आन्दोलन ।’माइतीघर मण्डलाको सडकमा बस्दा जनताको समर्थन हुने हो कि होइन ? कार्यकर्ताले साथ दिने हो कि होइन भन्ने आशंका रहेको उनले बताए । तर सडकमा आउँदा मुक्ति पाएको अनुभूति भएको भन्दै प्रचण्डले भने, ‘तर सबै कार्यकर्ता सडकमा आए ।’
२०५२ फागुनमा जनयुद्धको अन्तिम तयारी गर्दा पनि यस्तै भएको प्रचण्डले सुनाए । त्यसबेला दुई जना वैकल्पिकसहित १७ जनाको केन्द्रीय सदस्य रहेको भन्दै उनले भने, ‘हामीमध्ये धेरैजसो मर्छौं भन्ने थियो र फोटो खिचिएको थियो । होलटाइमर ६०/६५ जना थिए, उनीहरुमध्ये पनि धेरैजसो भाग्छन् होला जस्तो भनिएको थियो ।’
तर जनयुद्ध शुरु भएपछि हजारौं मानिस आवद्ध भएको, अवसरवादी होला भनेका नेताहरु धेरै महान् भएका उनले सुनाए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अघि भने, ‘हामीले यो आन्दोलनबाट के सिक्यौं भने बिग्रिएको कार्यकर्ता होइन, नेता हो । र, अझ विशेष रुपमा सच्चिन मैले आफैंबाट शुरुवात गर्नुपर्ने हुन्छ ।
स्रोत : अनलाईन खबर।