• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

रुघा खोकीका कारण सम्बोधन भाषण टुंग्याउन सकेनन् ओलीले, हेर्नुहोस् प्रतिवेदनको (पूर्णपाठ)


नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य समस्याका कारण आफ्नो सम्बोधन भाषण पूरा गर्न सकेनन्। सम्बोधन भाषणकै
क्रममा असजिलो महसुस गरेपछि उनले आफूलाई रुघाखोकीको समस्या रहेको भन्दै शंकर पोखरेललाई आफ्नो लिखित भाषण पढ्ने जिम्मा सुम्पिए । लगत्तै ओली आफ्नो आसनमा गएर

बसेका छन् भने पोखरेलले ओलीका तर्फबाट लिखित भाषण बाचन गरेका छन् ।
केपी ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्ने आव्हानसहितको राजनीतिक प्रतिवेदन तयार पारेका छन् । ४४ पृष्ठमा समेटिएको ओलीको प्रतिवेदन शुक्रबार सुरु भएको विधान महाधिवेशनमा प्रस्तुत भएको छ ।

मुलुकभित्र राजनीतिक अवस्था, अन्तराष्ट्रिय परिस्थिति, पार्टीको भावी कार्यदिशा लगायत समेटिएको प्रतिवेदन ओलीले पढेर सुनाएका थिए । महाधिवेशन हलमा केहीबेर ओली आफैले पढेको उक्त प्रतिवेदन रुघाखोकीले सताएपछि उनले नेता शंकर पोखरेललाई पढ्न लगाएका थिए ।

यसअघि ओलीले महाधिवेशनमा पेश गर्न केन्द्रीय कमिटी र स्थायी कमिटीमा तयार पारेको प्रतिवेदन ६९ पृष्ठ लामो थियो । तर महाधिवेशनमा पेश गरेको प्रतिवेदन भने घटाएर ४४ पृष्ठमा सिमित गरिएको छ ।

ओलीको राजनीतिक प्रतिवेदनको पूर्णपाठ :

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार