• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

राजकुमार लेखी सहित ५५ जना एमाले प्रवेश, वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपियो


काठमाडौं । लोकतान्त्रिक समाज वादी पार्टी परित्याग गरेका राज कुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन् । गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन
लेखीसहित ५५जना एमाले प्रवेश गरेका हुन्।लेखी नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत हुन्।पहिलो संविधानसभा विघटन भएपछि एमाले छाडेका उनले आफ्नै नेतृत्वमा

नेपाल नागरिक पार्टी गठन गरेका थिए । त्यसपछि सो पार्टीलाई राजेन्द्र महतोको सद्‍भावना पार्टीसँग एकता गरे । त्यसयता मधेस केन्द्रित दलमा रहे । पछिल्लो पटक जनता समाजवादी पार्टी विभाजित हुँदा उनी महन्थ ठाकुर पक्षमा लागेका थिए । एमाले प्रवेश गर्नुअघि उनले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका थिए ।कार्यक्रममा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य अमर धमला, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।

एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपियो
नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ ।

गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । तर समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो ।

समूहगत छलफलपछि जवाफ दिनेक्रममा पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताए । अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ ।अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने उनले बताए ।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार