• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

वि.सं. २०७८ आश्विन १८ गते सोमवारकाे राशिफल, जय श्री पाथिभरा माता, यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ आश्विन १८ गते सोमवार तदनुसार ई. सं. २०२१ अक्टोबर ०४ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (ञलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०५:४५ बजे, चन्द्रास्त : दिउँसो ०३:३५ बजे र चन्द्रोदय : भोलि बिहान ०४:३८ बजे,

इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५० बजे र सूर्यास्त : साँझ ०५:३८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०५:५० बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । मन पर्ने व्यक्तिलाई सहयोग गर्न पनि पाइनेछ ।आश्विन कृष्णपक्षको त्रयोदशी तिथि, बेलुका ०७:२८ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, पूर्वाफाल्गुनी नक्षत्र, मध्यरात्रीपछि ०२:२६ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), शुभ योग, दिउँसो ०२:३६ बजेसम्म, त्यसपछि शुक्ल योग, सुरुमा गर करण बिहान ०७:५० बजेसम्म, त्यसपछि वणिज करण बेलुका ०७:२८ बजेसम्म,
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता पनि प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आकस्मिक धनलाभ हुनसक्छ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । सफल यात्रा पनि होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज चलाखीपूर्ण बोलीले अरूलाई प्रभावित पारेर काम बन्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर सेतो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा प्रसन्नता र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ असोज १८ गते सोमवार