• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

विश्वभर अवरुद्ध फेसबुक सञ्चालनमा


सोमबार राति ९ बजेदेखि विश्वभर डाउन भएका ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक पुनः सुचारु भएका छन् । फेसबुकका मालिक मार्क जुकरबर्गले दिएको जानकारी
अनुसार फेसबुकको वेभसाइटमा आएको समस्याका कारण फेसबुक डाउन भएको र मंगलबार बिहानदेखि सञ्चालनमा आएको जानकारी दिएका हुन् । फेसबुकका प्रवक्ता एन्डी स्टोनले

ट्विटर गर्दै सेवा सुचारु गर्न आफूहरू लागि परेको जनाएका थिए । यी तीनवटै एप्समा फेसबुकको स्वामित्व छ।सुरुमा फेसबुक वेबसाइटमा समस्या आएको र म्यासेन्जरमा लेखिएका सन्देशहरू नदेखिएको, त्यसपछि ह्वाट्सएप र इन्स्टाग्राम एप्समा पनि उस्तै समस्या आएको थियो ।

सम्बन्धित समाचार
एकसाथ फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन भएको छ । प्रयोगकर्ताहरूले ती सामाजिक सञ्जाल नखुलेको भन्दै ट्वीटरमार्फत व्यापक गुनासो गरेका छन् । सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजेपछि फेसबुक र त्यससँग सम्बन्धित कम्पनी इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको बताइएको छ ।

फेसबुक खोल्दा कम्प्युटरको स्कृनमा ‘यो साइट खुल्न सकेन’ भन्ने सन्देश देखिन्छ । यस्तै इन्टा र ह्वाट्स एमबाट पनि सन्देश आदान प्रदान हुन सकेको छैन । यसैबीच यी तीन सामाजिक सञ्जाल डाउन भएपछि ट्वीटरमा यसबारे ट्रेन्डिङ भएको छ । यी सञ्जालमा के कारणले समस्या आयो भन्नेबारे केही खुलाइएको छैन ।

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार