• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

फेसबुक डाउन भएपछि बिल गेट्सभन्दा तल झरे जुकरबर्ग, धनाढ्यहरुको सूचीको पाचौं स्थानमा


काठमाडौंफेसबुकसहितका एप डाउन भएको केहीघण्टामै फेसबुकका सीईओ मार्क जुकरबर्गले झण्डै सात अर्ब अमेरिकी डलरले व्यक्तिगत सम्पत्ति गुमाउन पुगेकाछन्।
सोमबार जुकरबर्ग को सम्पत्ति झरेर झण्डै १२१ अर्ब डलरमा पुगे पछि उनी बिल गेट्सभन्दा तल झर्दै धनाढ्यहरुको सूचिको पाँचौं नम्बरमा पुगेका छन् । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका

अनुसार जुकरबर्गले सेप्टेम्बर १३ देखि १९ अर्ब अमेरिकी डलर गुमाइसकेका छन्। त्यतिबेला उनको सम्पत्ति १४० अर्ब डलर थियो।सोमबार राती झण्डै ६ घण्टा फेसबुकसँगै यसका पारिवारिक एपहरु इन्स्टाग्राम, ह्वाट्स र ओकुलस एप डाउन भए। फेसबुकले बिछ्याएको इन्टरनेट पूर्वाधार, जसले डेटा सेन्टर र ट्राफिकसँग समन्वय गर्थ्यो, त्यसमा परिवर्तन आएपछि समस्या निम्तिएको फेसबुकले प्रष्टीकरण दिएको छ।जसका कारण सूचना आदानप्रदान बन्द हुनुका साथै अरु डेटा सेन्टरमा पनि समस्या फैलिएर सेवामा अवरोध आएको कम्पनीले जनाएको छ।
सोमबार ११:४० एमएम (इस्टर्न टाइम) अर्थात् नेपालको रातको ९:२५ बजे यी सबै एपहरुमा इरर मेसेज आउन थाल्यो। यसको केही मिनेटपछि नै फेसबुकसहितका एपहरु इन्टरनेटबाट हराउन पुगे। एपहरु डाउन हुँदा एप प्रयोगकर्ताहरुले निकै गम्भीर असर खेप्नु पर्‍यो।

विश्वभर साढे तीन अर्ब मानिसहरुले फेसबुक, ह्वाट्सएप, मेसेन्जर र इन्स्टाग्राम चलाउने गरेका छन्। नेपालसहित म्यानमार, भारतलगायतका देशहरुमा इन्टरनेट भनेकै यिनै एप हुन् भन्ने बुझाइ छ।फेसबुकबाटै अन्य एप तथा सेवाहरु साइन इन गर्ने गरिएको छ। फेसबुक नै डाउन हुँदा ती एप तथा सेवाहरु पनि प्रत्यक्ष प्रभावित हुन पुगेको बताइएको छ। मुख्यगरी, इ-कमर्सका साथै स्मार्ट टिभीमा साइन इन गर्न समस्या परेको थियो।

कुनै पनि बेला यसरी एप तथा वेबसाइटहरु डाउन हुनु नौलो नभएपनि संसारकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनीबाट सञ्चालित एपहरु एकैपटक डाउन हुनुलाई भने अनौठो मानिएको छ।

फेसबुकले क्यालिफोर्नियामा रहेको डेटा सेन्टरमा तीन जना कर्मचारीको नेतृत्वमा टोली नै परिचालन गरेर सेवा सुचारु गरेको जनाएको छ।
सन् २०१९ मा प्राविधिक समस्याका कारण झण्डै २४ घण्टा फेसबुकमा समस्या आएको थियो। फेसबुकले आफ्ना एपहरु डाउन भएपछि ट्वीटरमार्फत् माफी माग्दै सेवा सुचारु भएको जानकारी गराएको थियो। (एजेन्सीहरुको सहयोगमा)

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार