• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

वि.सं. २०७८ आश्विन २० गते बुधवारकाे राशिफल, जय श्री पाथिभरा माता, यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ आश्विन २० गते बुधवार तदनुसार ई. सं. २०२१ अक्टोबर ०६ तारिख, राक्षस नामक संवत्सर, शाके :–१९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :–
११४१, (ञलागा),काठमाण्डौ,नेपालमा सूर्योदय:बिहान ०५:५९ बजे र सूर्यास्त : साँझ ०५:४३ बजे, चन्द्रास्त : साँझ ०५:०० बजे र चन्द्रोदय : औंसी भएकाले रातभरि चन्द्रोदय हुँदैन,

इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५१ बजे र सूर्यास्त : साँझ ०५:३६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०४ बजे र सूर्यास्त : साँझ ०५:४८ बजे, आश्विन कृष्णपक्षको अमावस्या तिथि, साँझ ०५:११ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, हस्ता नक्षत्र, मध्यरात्रीपछि ०१:१६ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त), ब्रह्म योग, दिउँसो १०:४२ बजेसम्म, त्यसपछि ऐन्द्र योग, सुरुमा चतुष्पाद करण बिहान ०५:५९ बजेसम्म, त्यसपछि नाग करण साँझ ०५:११ बजेसम्म, अन्तिममा किंस्तुघ्न करण, आनन्दादि योग : आनन्द, चन्द्रवर्ण : कालो,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रमणीय र सुखद् यात्राको योग छ । मनमा सहयोग भाव आउला । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दैनिक कार्यमा प्रगति हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुनसकिने छ । परिवारका सदस्यहरूबाट सहयोग पाइने र वैदेशिक कार्य अघि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज बजार घुम्ने अवसर मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।धर्मकर्ममा मन लाग्ने र रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्य सम्पादनमा समस्या आउला । चोटपटकको भय छ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ । शेयर बजरमा नोक्सानी हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ अतः धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठामा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज पारिवारिक भेटघाटमा रमाइने छ । केही नयाँ कुरा खरीद गर्न सकिनेछ । माया प्रेममा आत्मियताको बढोत्तरी पनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार