• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

वि.सं. २०७८ आश्विन २१ गते बिहीवारकाे राशिफल, आज घटस्थापना यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ आश्विन २१ गतेबिहीवार तदनुसार ई.सं. २०२१ अक्टोबर ०७ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं.:–
११४१, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५९ बजे र सूर्यास्त : साँझ ०५:४२ बजे, चन्द्रोदय : बिहान ०६:२६ बजे र चन्द्रास्त : साँझ ०५:४५ बजे, इटहरी,

सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५१ बजे र सूर्यास्त : साँझ ०५:३५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०५ बजे र सूर्यास्त : साँझ ०५:४७ बजे, आश्विन शुक्लपक्षको प्रतिपदा तिथि, दिउँसो ०३:३० बजेसम्म, त्यसपछि द्वितीया तिथि,चित्रा नक्षत्र, मध्यरात्रीपछि १२:०९ बजेसम्म, त्यसपछि स्वाती नक्षत्र, चन्द्रमा कन्या राशिमा, दिउँसो १२:४७ बजेसम्म, त्यसपछि तुला राशिमा, ऐन्द्र योग, बिहान ०८:१९ बजेसम्म, त्यसपछि वैधृति योग मध्यरात्रीपछि ०५:३४ बजेसम्म, अन्तिममा विष्कुम्भ योग (योग टुटेको दिन),सुरुमा बब करण दिउँसो ०३:३० बजेसम्म, त्यसपछि बालब करण मध्यरात्रीपछि ०२:३० बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जोश जाँगर र हिम्मत बढ्नेछ । आफ्नो चलाखीपनले कार्य सिद्ध हुनसक्छ । धार्मिक यात्रा तय हुनेछ । वाहन लाभ हुने समय पनि छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजबाट नयाँ कार्यको थालनी हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । दानपुण्यका कार्यमा सहभागी भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट रहनु । सवारी चलाउँदा सचेत रहनुहोला, साँझमा भने मन खुसी रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नयाँ र रचनात्मक कार्यबाट अरूको मन जित्न पनि सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ, तर मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । शुभ कार्यमा सरिक भइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्मकर्ममा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । शुभ कार्यमा सरिक पनि भइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लाभदायक यात्रा रहनेछ । लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार