• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

माधव नेपालको गुनासोः देउवा–प्रचण्डले मलाई बर्बाद पारे


काठमाडौं, असोज २१ ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल,प्रचण्डले धोका
दिएको गुनासो गर्नुभएको छ । समाजवादीका पदाधिकारीहरुसँग नेपालले यस्तो गुनासो गर्नुभएको हो ।‘प्रधानमन्त्री र प्रचण्डले हाम्रो पार्टीलाई हेप्ने काम गर्नुभएको र हैसियत हेरेर मन्त्री

र आकर्षक मन्त्रालय छान्ने भन्दै अपमान पनि गर्नुभएको कुरा अध्यक्षले गर्नुभएको छ, पहिला समान हैीसयतमा सरकारमा सहभागिता भनियो, अहिले चार मन्त्रालय दिने त्यस्मा पनि सवै राम्रा जति आफूहरु राखेर हामीलाई खाए खा, नखाए घिचको अवस्थामा पुर्याउने कोशिष भइरहेको उहाँको कुरा छ,’ नेकपा समाजवादीका एक नेताले जनताटाइम्ससँग भने ।ती नेताका अनुसार नयाँ पार्टी गठनअघि प्रधानमन्त्री देउवा, प्रचण्ड र अध्यक्ष नेपालबीच बरावरी हैसियतमा सरकारमा सहभगिता जनाउने सहमति भएको थियो । देउवा र प्रचण्डले सहमति तोडेर हेप्न थालेको कारण अध्यक्ष नेपालले कडा कुरा गठबन्धनमा राख्नुभएको पनि उनले बताए ।

माधवकै धम्कीका कारण आज घटस्थापनाको साइतमा मन्त्रिमण्डललाई पूर्णता दिने तयारी बिफल भएको छ । आजको बैठकमा नेपालले अहिले पाएको भनिएको मन्त्रालय लिएरसरकारमा जान अनिच्छा देखाएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने मिति पुनः सरेको हो ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी फुटाए नेपाललाई ८ वटासम्म मन्त्रालय दिने आश्वासन दिनुभएको थियो । तर अहिले उपेन्द्र यादवसरह ४ वटा मात्रैदिन सकिने र त्यो पनि हैसियत भन्दा बढी रहेको देउवा र प्रचण्डले तर्क गरेपछि माधव झस्किनुभएको हो । माधवलाई चार जनामात्रै मन्त्री हुँदा पार्टीमा नेता जोगाउनै गाह्रो छ ।

मन्त्री नपाउने जति एमालेमै फर्कने भन्दै उहाँ त्रसित हुनुहुन्छ । माधवले आगामी चुनावमा खर्च जुटाउन मालदार मन्त्रालयको खोजी गरिरहनु भएको छ । मालदार मन्त्रालय पाएमा आफ्ना बिश्वासपात्रलाई पठाउने उहाँको योजना छ ।

प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार