• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

विरोधदेखि रामकुमारीसम्म मन्त्री बन्ने : भवानी खापुङद्वारा राज्यमन्त्रीको प्रस्ताव अस्वीकार


सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेसँगै नेकपा (एकीकृत समाजवादी)ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएको छ । शुक्रबार
विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको एक नेताले रातोपाटीलाई बताए ।ती नेताका अनुसार एकीकृत समाजवादीले

आफूले पाएका चार मन्त्रालय क्रमशः शहरी विकासमा विरोध खतिवडा, स्वास्थ्यमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ ।२९ असारमा सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि किस्ता किस्तामा गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाएका थिए ।

२५ सदस्यीय मन्त्रिमण्डलमा प्रधानमन्त्री देउवाले पाँच जनाको भरमा करिब तीन महिना मुलुक हाँकेका थिए । शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

खापुङद्वारा अस्वीकार

नेकपा एकीकृत समाजवादी सांसद भवानीप्रसाद खापुङले राज्यमन्त्री अस्वीकार गर्ने भएका छन् । एकीकृत समाजवादीले गठबन्धनको भागबण्डा मिलाउँदा चार मन्त्रालय मात्र पाउने भएपछि खापुङलाई राज्यमन्त्री बनाउने तयारी थियो । तर खापुङले राज्यमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार​को चेतावनी दिएको एक नेताले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘भवानी खापुङलाई राज्यमन्त्री बनाउने भनिएको हो । तर उहाँले राज्यमन्त्री नखाने भन्नुभयो ।’

यद्यपि खापुङलाई मनाउने प्रयास जारी रहेको ती नेताको भनाइ छ । तर खापुङले भने आफूलाई राज्यमन्त्रीको प्रस्ताव पनि नआएको निकटस्थलाई बताएका छन् । उनी निकट स्रोतले भन्यो , ‘सञ्चार माध्यममा राज्यमन्त्री बन्ने भनेर मेरो जोडिएको छ । तर मलाई कुनै नेताले राज्यमन्त्रीको प्रस्ताव पनि गर्नुभएको छैन । यदि राज्यमन्त्रीको प्रस्ताव आए स्वीकार्ने कुरा पनि हुँदैन भन्नुभएको छ ।’उनी तेह्रथुमबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उनले काँग्रेसका केन्द्रीय सदस्य सीता गुरुङलाई पराजित गरेका थिए । यता एकीकृत समाजवादीले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।

एकीकृत समाजवादीले आफूले पाएका चार मन्त्रालय क्रमशः शहरी विकासमा विरोध खतिवडा, स्वास्थ्यमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार