प्रधानन्यायाधीशचोलेन्द्र शमशेर जबराका आफन्त गजेन्द्र हमाल पनि मन्त्री बनेका छन्।प्रधानमन्त्री शेरबहादुर देउवाले हमाललाई उद्योगवाणिज्य तथा आपूर्तिमन्त्री बनाउने
निर्णय गरेका हुन्।हमाललाई मन्त्री बनाउने निर्णय भएको प्रधानमन्त्री देउवाको सचिवालयले पुष्टि गरेको छ ।यसअघि प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्दै हमालको नाम चर्चामा
आएपछि बार र बेन्चबीच यस विषयमा तनाव समेत भएको थियो । सर्वोच्च अदालतले मन्त्रीमा कोटा नमागेको भन्दै विज्ञप्ति समेत जारी गरेको थियो भने प्रधानन्यायाधीश जबराले हमाल काँग्रेसको नेता भएको हुनाले उनी मन्त्री हुनुमा आफ्नो हात नरहने धारणा सर्वोच्च बारसँगको बैठकमा बताएका थिए । प्रधानन्यायाधीशले सरकारमा कोटा मागेको आशंकालाई हमालको नियुक्तिले सही सावित गरिदिएको छ । गैरसांसद हमाल प्रधानन्यायाधीशका जेठान नाता पर्छन् । उनी नेपाली काँग्रेस बाँकेका नेता हुन् । देउवा पत्नी आरजुसँग पनि हमालको पारिवारिक नाता रहेको छ ।
रामकुमारी झाँक्रीदेखि प्रेम आलेसम्म : यस्ता छन् एकीकृत समाजवादीका मन्त्री
नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । यीमध्ये चारजना फुलमन्त्री र एकजना राज्यमन्त्री बन्ने भएका छन् । पार्टीबाट मन्त्री बन्नेहरुमा नेकपा एमालेमा हुँदा सरकारमा जाने अवसर नपाएका बढी छन् ।
एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार (किसान) श्रेष्ठलाई सरकारमा पठाउने भएको छ । एक राज्यमन्त्रीको नाम टुंगो लागिसकेको छैन । एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरुमा विरोध खतिवडा र रामकुमारी झाँक्री पहिलेदेखिकै चर्चामा आएका अनुहार हुन् । अन्ततः ओली सरकारमा पनि मन्त्री रहेका प्रेमबहादुर आलेसमेत मन्त्री बन्ने भएका छन् । अन्तिम घडीमा एमाले छाडेर माधव नेपाललाई साथ दिएका तनहुँका सांसद कृष्ण कुमार (किसान) श्रेष्ठ पनि मन्त्री बनेका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीबाट कसले कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्ने टुंगो लागेको छ । विरोध खतिवडाको नेतृत्वमा सरकारमा जान लागेको सो पार्टीबाट खतिवडाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । यसअघि खतिवडाले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने बताइएको थियो । त्यस्तै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी रामकुमारी झाँक्री र सहरी विकासको जिम्मा प्रेम आलेले पाउने भएका छन् । किसान श्रेष्ठले भने श्रम तथा रोजगार मन्त्रालयको भुमिकामा सपथ खाने भएका छन् । पार्टी अध्यक्ष माधव कुमार नेपालले चारै जनासँग छलफल गरेर मन्त्रालय फेरवदल गरेर जिम्मेवारी दिन लागिएको हो ।