• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

माधव नेपालको पार्टीमा जीवन राईको पार्टी एकीकरण, ८ बुँदे सहमति


माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत एकीकरण भएको घोषणा भएको छ।नेपाल र राईले
संयुक्त वक्तव्य जारी गर्दैदुबै पार्टी एकीकरण भएको जानकारी दिएका हुन्।असोज ६ गते नै दुई पार्टीबीच सहमति भएपनि सम्झौतापत्र आजमात्रै सार्वजनिक गरिएको हो।८ बुँदे सहमति

अनुसार अब एकीकृत पार्टीको चुनाव चिन्ह कलम रहने भएको छ । राईले तत्कालीन नेकपामा विवाद चर्किएपछि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका थिए । राई सुरुदेखि नै माधव नेपाल निकट मानिन्थे । कतिपयले नेपालकै सल्लाहमा राईले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेको टिप्पणी गर्दै आएका थिए ।

काँग्रेसले टुङ्ग्यायो चार मन्त्री


नेपाली काँग्रेसबाट चार जना मन्त्री बन्ने भएका छन् । मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, उमाकान्त चौधरी र उमा रेग्मी मन्त्री बन्ने भएका हुन् ।​ रक्षमा रिजाल र कानुनमा बडू मन्त्री बन्ने भएका हुन् भने उमाकान्त चौधरी खानेपानी मन्त्री भएका हुन् ।

उमा रेग्मीलाई महिला तथा बालबालिका मन्त्री बनाउने भएका हुन् । यसअघि काँग्रेसबाट गृहमा बालकृष्ण, कानुनमा ज्ञानेन्द्र कार्की, परराष्ट्रमा नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री छन् । कार्कीलाई कानुनबाट सञ्चार मन्त्रीमा सारिएको छ ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार